महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु, बस्नेत र हिराचनमा कसकाे सम्भावना बढी ?

  २०७७ मंसिर १५ गते १४:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न महासंघमा मतदान सुरु भएको छ । सर्वसम्मत हुन नसकेपछि कोषाध्यक्षको आज महासंघ सचिवालयमा मतदान सुरु भएको हो ।

शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन प्रस्ताव गरेको थियो । तर, नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए ।

सोही अनुरुप आज कोषाध्यक्षका लागि मतदान सुरु भएको हो । कोषध्यक्षका लागि अध्यक्ष शेखर गोल्छा समूहबाट सकुन्तला हिराचन र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट डिबी बस्नेत उम्मेदवार छन् ।

दुवै पक्षले आफ्नो निकटको व्यक्ति विजय हुने पनि दावी गरिरहेका छन् । कोषाध्यक्षका लागि केन्द्रिय कार्यकारिणी समितिका सबैले मतदान गर्नेछन् ।
चुनावअघि दुई समूहमा विभाजित भएका महासंघका नेताहरु चुनाव पछि भने सबै एक हुने बताइरहेका छन् । कोषाध्यक्षका लागि उम्मेदवारी दिएका डीबी बस्नेत नेकपा निकट व्यवसायी हुन् भने हिराचन काँग्रेस निकट व्यवसायी हुन् ।

निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा थिए । निर्वाचन अघि प्यानल भएपनि अब प्यानल नभई काम गर्ने निर्वाचि पदाधिकारी तथा सदस्यहरु बताइरहेका छन् । अहिले त्यस कारण पनि नेकपा निकट व्यवसायीले बस्नेतलाई मतदान गर्ने र हिराचनलाई काँग्रेस निकट व्यवसायीले मतदान गर्ने पनि स्रोतको भनाई छ ।

महासंको कार्यकारिणी सदस्य तथा पदाधिकारीहरुमा नेकपा निकट सदस्यहरुको संख्या बढी छ काँग्रेस निकट पदाधिकारी तथा सदस्यहरुको संख्या कम छ ।

बस्नेतले ढकाल समूहबाट महासंघको जिल्लानगरतर्फको कार्यकारिणी सदस्यमा विजयी भएका थिए । उनले ५८ मत ल्याएर विजयी भएका थिए । यस्तै हिराचनले पनि प्रधान प्यालनको वस्तुगततर्फको कार्यकारिणी समतिमा विजयी भएका हुन् । उनले पनि ५५ मत प्राप्त गरेर विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.