महासंघको विशिष्ट सदस्यमा मुरारका चयन, यी हुन् पहिलो बैठकले गरेका ४ निर्णय

  २०७७ मंसिर १५ गते ११:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आफ्नो बैठकबाट पशुपति मुरारकालाई विशिष्ट सदस्यमा पशुपतिमा चयन गरेको छ । महासंघको ५४ औं साधारण सचा तथा निर्वाचनपछि गठित नयाँ कार्यसमितिको पहिलो बैठकले मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्याकारीणी समितिको बैठकले महासंघका पूर्वअध्यक्ष मुरारकालाई विशिष्ट सदस्य मनोनित गर्ने निर्णय गरेको हो । यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्य थिए ।

अघिल्लो कार्यसमितिमा विशिष्ट सदस्यमा रुपमा रहेको ढकाललाई पन्छाउँदै यस पटकको विशिष्ट सदस्यमा गोल्छाले मुरारकालाई अघि सारेका हुन् । नयाँ कार्यसमितिमा ढकाल पक्षमा बहुमत नभएकाले यसपटक चण्डीराजको विशिष्ट सदस्य पद खोसिन गएको हो ।

यससँगै वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसँग पराजित भएका किशोर प्रधानलाई बैठकले महासंघको मानार्थ सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । महासंघको विधानमा मानार्थ सदस्य नभएपनि गोल्छाले प्रधानलाई पनि समेट्नुपर्ने भन्दै मनोनयनको प्रस्ताव ल्याएका थिए ।

यस्तै, पहिलो बैठकले प्रदेश १ का अध्यक्ष नरेश खड्कालाई केन्द्रिय कार्यकारिणी सदस्यमा मनोनित गर्ने पनि निर्णय गरेको छ । हिजो बसेको बैठकमा महासंघको कोषाध्यक्षलाई पनि मनोनयन गर्ने भन्ने कार्यसुचि रहेको भएपनि नियुक्त गर्न सकेन ।

अध्यक्ष गोल्छाले कोषाध्यक्ष मनोनयनका लागि प्रस्ताव गरेपनि चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यले सहमति नजनाएको बुझिएको छ । कोषाध्यक्ष पदका लागि आज कार्य समितिको मतदान हुने बताइएको छ । दुवै पक्षको सहमति हुन नसकेपछि आजको लागि कार्यसमिति भित्र मतदान गर्ने निर्णय हिजोको बैठकले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.