एशाेसिएट उपाध्यक्षमा रामचन्द्र संघाइ निर्वाचित, लाेकप्रिय मत अम्बिका पाैडललाई

  २०७७ मंसिर १४ गते ४:३९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियट तर्फकाे उपाध्यक्षमा रामचन्द्र संघाइ निर्वाचित भएका छन् । उनी चन्द्र प्रसाद ढकालकाे समूहबाट चुनावी प्रतिस्पर्धामा थिए ।

संघाईले ४ सय ५५ मत पाएका छन्।  उनको प्रतिस्पर्धी सौरभ ज्योतिले ४ सय ३४ मत पाएका छन् ।

यस समूहबाट १९ जना कार्यकारिणी सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसमा प्रधान समूहबाट १० जना र ढकाल समूहबाट ८ जना निर्वाचित भएका छन् । मंगेशलाल श्रेष्ठ र बिराट थापा बराबर आएको छ ।

एशोसियट तर्फको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । पौडेलले ८०२ मत ल्याएर विजयी भएका छन् ।

महासंघको एशोसियट तर्फ अबिनास बोहरा ४७६, आनन्द बगरिया ४९९ र कृष्णलाल महर्जन ४६२ मत ल्याएर विजयी भए ।

यस्तै गोपाल खनाल ७५१, ज्योत्स्ना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३,  प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य ७४६ मत ल्याएर विजयी भए ।

रन्जित आचार्य ४५९, राजेशकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७,  शक्तिकुमार बेगानी ५३०, साहिल अग्रवाल ७३०, सैलेन्द्र गुरागाई ६३०, शुसील थापा ४३०, हेमन्त गोल्छा ५०९ मत ल्याएर विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.