महासंघ चुनाव अपडेटः वस्तुगत र जिल्लानगरतर्फ करिब ५० प्रतिशत मत खस्यो, एसोसिएटमा कति ?

  २०७७ मंसिर १३ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं निर्वाचन अहिले राजधानीका विभिन्न तीन ठाउँमा जारी छ । बिहान सवा ९ बजेदेखि सुरु भएको महासंघको मतदान कार्यक्रम अहिले १२ बजेर ५६ मिनेट जाँदा करिब ५० प्रतिशत मत खसेको हो ।

महासंघको वस्तुगत र जिल्लानगरतर्फ करिब ५० प्रतिशत मत खसेको बताइएको छ । जिल्लानगरको मतदान स्थल प्रज्ञाप्रतिष्ठान भवन र वस्तुगततर्फको महासंघको सचिवालय टेकुमा तोकिएको छ ।

अहिले १२ बजेर ५६ मिनेट जाँदा वस्तुगत तर्फ ६० र जिल्लानगर तर्फ ६५ मत खसेको बताइएको छ । वस्तुगत तर्फको मतदान स्थल टेकुका निर्वाचन अधिकृत रमन कर्णका अनुसार अहिले वस्तुगतमा ६० जनाले मतदान गरेका छन् । यस्तै, जिल्लानगरतर्फको मतदान भइरहेको प्रज्ञा भवनका निर्वाचन अधिकृत उपेन्द्र केसरी पौडेलले पनि आधा घण्टा अगाडिको डाटा अनुसार  जिल्लानगरतर्फ५० प्रतिशत मत खसेको बताए ।

महासंघको चुनावमा जिल्लानगर तर्फ कुल १०५ मध्ये ६५ मत खसेको छ भने वस्तुगत तर्फ कुल १०१ मध्ये ६० मत खसेको छ । त्यस्तै एसोसिएट तर्फ कुल ९०४ मत मध्ये करिब डेढ सय मत खसेको छ । अहिले तीनै मतदान स्थलमा मतदान जारी नै छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान आफ्नो पयानलसहित चुनावी मैदानमा छन् । ढकालतफबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फ रामचन्द्र संघाईँले उम्मेदवारी दिएका छन् भने प्रधान पक्षबाट जिल्लानगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ अञ्जन श्रेष्ठ र एसोसियटतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.