मतदानको पूर्वसन्ध्यामा भेटे दुवै प्रत्यासीले, केही बेरपछि मतदान हुँदै

  २०७७ मंसिर १३ गते ९:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल र किशोर प्रधानले एक आपसमा भेटघाट गरेका छन् ।

मतदान शुरु हुनु भन्दा अगाडि एशोसियट तर्फको मतदान स्थल बानेश्वर स्थित कार्की ब्याङ्क्वेटमा उनीहरुले भेटघाट गरेका हुन् । भेटमा उनीहरुले एक अर्कालाई शुभकामना आदान प्रदान गरे ।

आज काठमाडौंको तीन स्थान महासंघ सभा सचिवालय, प्रज्ञा प्रतिष्ठान र बानेश्वरको कार्की ब्याङ्क्वेटमा निर्वाचन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.