मुस्लिम समुदायबाट पहिलो पटक केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका अलिमिया भन्छन्ः म व्यवसायिक हितका लागि लड्छु

  २०७७ मंसिर १२ गते ११:३९     विकासन्युज

काठमाडौं । नेपाल उद्याेग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा जमशेर अलिमियाले उम्मेद्वारी दिएका छन् । मुस्लिम समुदायका एक मात्र उम्मेद्वार अलिमियाले लुम्बीनी प्रदेशबाट उम्मेदवारी दिएका हुन् ।

महासंघको इतिहासमा पहिलो पटक युवा उद्यमी अलिमिया मुस्लिम समुदायबाट पहिलो र एकमात्र केन्द्रिय सदस्यको उम्मेद्वार हुन् । उनी विगत २०६२ सालदेखि लगातार रुपमा एक कार्यकालबाहेक अध्यक्षको रुपमा रही उद्याेगी व्यापारीहरुको हकहितमा कार्य गर्दै आइरहेका छन् ।

उद्योगी व्यवसायीहरुले देशको अर्थतन्त्र सुर्धान विभिन्न माग तथा प्रस्तावहरु सरकार समक्ष पुर्याउने र त्यसलाई सही रुपमा कार्यान्वयन गराउन तत्परता देखाउने उनको भनाई छ ।

नेपालको समुन्नत विकास र अर्थतन्त्र चलायमान बनाउनको लागि व्यापारीहरु मेरुदण्ड भएकोले आफु सधैँ व्यवसायिक हितका लागि काम गर्ने बताएका छन् ।

‘हामी राजनैतिक अस्थायीत्वबाट स्थायीत्वतिर गयौं र आर्थिक क्रान्ति र सम्वृद्धिको बाटोमा लागि सकेको अवस्थामा कोभिड १९ को कारण देशभर रहेका १०७ उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघबाट विपन्न गरीब तथा पिछडिएका जनताको लागि तत्कालका लागि राहत वितरण गर्न र सरकारलाई सही रुपमा सहयोग गर्नको लागि आव्हान भए बमोजिम कार्य गरेका छौं,’ उनले भने ।

‘हामीले १६०० गरीव घर परिवारलाई राहतको प्याकेज ल्याई कार्य गर्यौं र ती गरिबहरु भोकै नमरुन् भनी यो कार्य गरेका छौं, नेपालमा चाहिने अत्यावश्यक वस्तुहरु नेपालमा उत्पादन किन गर्न सकिदैन भन्ने सवालमा नेपाल सरकारले सबै जिल्लााहरुमा सडक सन्जालले घेरिसकेको अवस्थामाउधोग स्थापनाको नीतिलाई परिमार्जन गर्नुपर्दछ,’ उनले भने ।

जमशेर अलिमिया ४९ वर्षीय युवा उद्यमी अटल सिमेन्ट प्रा.लि.का अध्यक्ष हुन् । सो उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको उत्पादनहुन्छ भने लोकप्रिय ग्रुपको अध्यक्ष समेत रहेका छन् ।

जस अन्तर्गत पेट्रोलपम्प, हार्डवेयर,इटाउधोग, टायर तथा भिनीयरको व्यापार विगत ४० वर्षदेखि गर्दै आइरहको छ ।

यसको साथ साथै उनी नेपाल प्रजातान्त्रिक महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष्य,साँग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सदस्य, बुद्ध टेलिभिजन बुटवलको संस्थापक सदस्य,सनराइजबोडिङ्ग स्कुलचन्द्रौटाको संस्थापक शेयर सदस्य,समानताएफ.एम.,भ्वाइस एफ.एम. बाणगंगाएफ.एम. अरनिको बचत तथाऋण सहकारी संस्था एवं संजीवनी सामुदायिक अस्पताल कपिलबस्तुको संस्थापक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.