एफएनसीसीआई निर्वाचनः सर्वोच्च द्वारा कारण देखाउ आदेश जारी, निर्वाचन नराेकिने

  २०७७ मंसिर ११ गते १५:५३     विकासन्युज

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग राख्दै परेको रिटको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्बोच्च अदालतका न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशमाले कारण महासंघलाई कारण देखाउ आदेश जारी गरेको हो ।

२ नम्बर उद्योग वाणिज्य महासंघका अध्यक्ष शिवशंकर साहले प्रदेशको निर्वाचन नगर्दै महासंघले केन्द्रको निर्वाचन गर्न लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भएको भन्दै शाहले सर्वोच्चमा उजुरी गरेका थिए । सर्वाेच्चले कारण देखाउन आदेश गरेसँगै अब महासंघकाे निर्वाचन भने नराेकिने भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.