एफएनसीसीआईका १२ जना पूर्व अध्यक्ष सम्मानित

  २०७७ मंसिर ११ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ महासंघमा योगदान गरेका १२ जना पूर्व अध्यक्षहरु सम्मानित भएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा महासंघले १२ जना पूर्व अध्यक्षहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरेको हो ।

महासंघले महासंघका पूर्व अध्यक्ष रवि श्रेष्ठलाई सम्मानित गरेको छ । यस्तै अन्य ११ जना पूर्व अध्यक्षहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो ।

महासंघ एवं निजी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान र्पुयाउँदै आएका भन्दै उनीहरुलाई सम्मान गरेको महासंघले जनाएको छ ।

सम्मानित हुनेमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, विनोद चौधरी, पद्यम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे, पशुपति मुरारका रहेका छन् । उनीहरुलाई लाई कदर पत्रसँगै महासंघको पिन प्रदान गरेर सम्मानित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.