एमसीसी चाँडै पारित हुनुपर्छ: अध्यक्ष राणा

  २०७७ मंसिर ११ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) की अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चाँडै नै पास गर्नु पर्ने बताएकी छन् । बिहीबार राजधानीमा आयाेजना गरिएको महासंघको साधारणसभामा स्वागत मन्तब्य राख्दै राणाले साे कूरा बताएकी हुन् ।

राणाले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन एमसीसी छिटो पारित गर्नुपर्ने धारणा राखिन् । उनले विद्युतको विकासका लागि एमसीसीको भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अविलम्ब पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।

कठिन अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्र अहोरात्र खटिइरहेको उनले बताइन् । उनले १३ वर्षभन्दा बढी आफूले महासंघमा काम गरेको बताउँदै ५४ औं वर्षको इतिहासमा आफू पहिलोपटक महिला अध्यक्ष भएको बताउँदै उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

उनले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै अर्थतन्त्र चलायमान बनाउन आफूले भूमिका खेलेको बताइन् । उनले महासंघको कोभिडको संकटको कारणले चैत २८/२९ गते साधारणसभा आयोजना गर्न नसकेको बताइन् ।

पछिल्लो समय एमसीसी पास हुनु पर्छ र पर्दैन भनेर वहसको विषय पनि बनेको छ । सरकारले एमसीसी पास गर्ने मनसाय बनाए पनि धेरैको अवरोधको कारण एमसीसी हालसम्म पास हुन सकेको छैन ।

२०७६ माघमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले एमसीसी सम्झौतामा रहेका डेढ दर्जनभन्दा बढी प्रावधानप्रति प्रश्न उठाएको थियो ।
कार्यदलले सम्झौता संविधानभन्दा माथि हुन नहुने, सार्वभौमिकता, समानता हुनुपर्ने लगायतका डेढ दर्जन सुझाव दिएको छ । भदौको अन्तिम साता सम्पन्न पार्टीको स्थायी समिति बैठकले पनि कार्यदलको प्रतिवेदनअनुसार एमसीसी संशोधन गरेर मात्र कार्यान्वयन गर्न सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.