एफएनसीसीआईको साधारणसभा केही बेरपछि सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

  २०७७ मंसिर ११ गते १०:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४ औं साधारणसभा केही बेरपछि सुरु हुने भएको छ । चैत २७ र २८ गते हुनुपर्ने साधारणसभा कोभिडका कारण पटक–पटक रोकिएपछि यो पटक भने स्वास्थ्य मापदण्ड पालना गरी गर्न लागिएको हो ।

साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ । उनले भच्र्युअल माध्यमबाट साधारणसभाको उद्घाटन गर्ने बताइएको हो । आज साधारणसभा भइसकेपछि भोलि र पसीर्ए निर्वाचन हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा साधारणसभाबाट स्वतः अध्यक्ष बन्नेछन् ।

भोलि हुने निर्वाचनका लागि महासंघको केन्द्रीय कार्यालय टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट बबरमहल तोकिएको छ । अब महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् । दुवै जना आफ्नो प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् ।

ढकालका समूहबाट जिल्लानगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिएका छन् । यस्तै, प्रधान समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.