महासंघको निर्वाचन विरुद्द सर्वोच्चमा रिट हाल्ने शाह भन्छन्ः मैले हिम्मत गरें

  २०७७ मंसिर १० गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको निर्वाचन रोक्न सर्वोच्चमा रिट दायर गर्ने प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले रिट दायर गर्न आफुले मात्रै हिम्मत गरेको बताएका छन् । महासंघको निर्वाचन रोक्न सर्वोच्चमा रिट दायर गरेका उनले देशमा धेरै उद्योगी व्यवसायी भएपनि आफुले मात्र रिट दायर गर्ने हिम्मत गरेको बताएका हुन् ।

प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि उनले निर्वाचन रोक्नैकै लागि भनेर गत बिहिबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा रिट दायर गरेका थिए । प्रशासनले उनकको रिटको सुनुवाई नगरेपछि उनी सर्वोच्चको ढोकामा जान बाध्य भएको उनले बताएका छन् ।

यति धेरै उद्योगी व्यवसायी छन् तपाइँले मात्र रिट दायर किन गर्नु भयो भन्ने जिज्ञासामामा उनले आफुले हिम्मत गरेकै कारण यो सम्भव भएको प्रतिक्रिया दिए । ‘व्यवसायी त धेरै छन्, तर हिम्मत मैले गरेँ, म मध्यम वर्ग परिवारको केटो, रिट दायर गर्ने आँट मैले मात्रै गर्न सकें,’ उनले विकासन्युजसँग भने ।

उजुरीमा भनिएको छ, ‘उजुरीमा राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भएको हुन्छ ।’

महासंघको वर्तमान कार्यसमिति अवैधानिक भइसकेको छ, अवैधानिक कार्यसमितिले वार्षिक साधारसभा गर्न पाउँदैन, यस कारण मैले रिट दायर गरेको हुँ,’ उनले भने ।

यसअघि उनले निर्वाचन रोक्नैकै लागि भनेर गत बिहिबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा रिट दायर गरेका थिए । प्रशासनले उनकको रिटको सुनुवाई नगरेपछि उनी सर्वोच्चको ढोकामा जान बाध्य भएको उनले बताएका छन् ।

उनले सर्वोच्चले आफुलाई मंसिर ११ गते बिहान १० बजे पेशीका लागि बोलाएको पनि जानकारी दिए । महासंघको साधारण पनि सोही दिन बिहान ११ बजेदेखि शुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.