प्रतिस्पर्धीभन्दा कमजोर छैन, विश्वस्त छु- म विजयी हुन्छुः भरत आचार्यसँगको कुराकानी

  २०७७ मंसिर ८ गते १०:२३     विकासन्युज

यतिखेर मंसिर ११ देखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा र निर्वाचनले नेपाली उद्योग व्यवसाय क्षेत्रमा निकै रौनक छाएको छ । महासंघको नयाँ कार्यसमितिमा आफ्नो बलियो उपस्थिती जनाउनको लागि उम्मेदवारहरु यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । महासंघको कार्यकारिणी सदस्यमा एशोसिएटतर्फ भरतराज आचार्यले पनि उम्मेदवारी दिनु भएको छ । टीएनएस ग्रुपमा अध्यक्ष आचार्यले फर्माप्याक प्रा.लिबाट उम्मेदवारी दिनु भएको छ । आचार्यसँग हामीले उहाँका चुनावी एजेण्डा र महासंघको चुनावी रौनकका बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

महासंघमा एसोसिएटतर्फबाट तपाईले सदस्यमा उम्मेदवारी दिनु भएको छ । तपाईका चुनावी एजेण्डा के-के हुन् ?

अहिले उद्योगी व्यवसायीहरु कोरोना भाइरसको संकटमा छन् । आशिंक रुपमा उद्योग व्यवसायहरु सञ्चालन भइहरेको भएपनि खासै राम्रो प्रतिफल दिइरहेको अवस्था छैन । अहिले स्थिती एकदमै गाह्रो छ । हाम्रो उपभोगमुखी अर्थतन्त्र हो । हाम्रा जति उद्योग प्रतिष्ठान छन् ति उद्योग प्रतिष्ठानलाई कसरी पुनरजागरण गर्ने भन्ने कूरा महत्वपूर्ण हो । यसको पुनरुत्थान हाम्रो प्रमुख विषय हो र हुनु पनि पर्छ ।

महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था भएकाले हामीले व्यवसाय गर्दा आउने समस्यालाई कसरी नीतिगत रुपमा सुधार गर्न सकिन्छ भन्नेअर्को महत्वपूर्ण पक्ष हो । यी विभिन्न समस्याहरुलाई कसरी व्यवहारिक रुपमा सुधार गर्न सकिन्छ ? कसरी व्यवसायलाई लयमा फर्काउन सुकिन्छ भनने विषय पनि प्रमुख हो । यी विविधि विषयहरुलाई धयानमा राखेर हामी अगाििड बढ्छौं ।

अहिले वस्तुनिष्ठ र वर्तमान यर्थाथमा आधारित नीतिगत, व्यवहारिक र कार्यगत व्यवस्थाको आवश्यकता छ भनेर हामीले सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने हो । यो संस्थागत विषय हो । संस्थामा संस्थागत रुपमा सहभागी तथा संलग्न हुने हाम्रो एजेण्डा हो । अर्को, यो भन्दा अगाडि पनि म कार्यसमितिमा सदस्यको रुपमा थिएँ । रोजगारदाता परिषद्को उपसभापतिको जिम्मेवारीमा थिएँ । अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको रोजगारी गुम्ने र नयाँ रोजगार पनि सिर्जना नहुने हो कि भन्ने पनि हो ।

महासंघ रोजगारीको सबैभन्दा ठूलो संस्था पनि हो । हामी लामो समयदेखि काम गर्दै आएका श्रमिकहरुलाई हामी गुमाउन चाहन्नौं । तर, अहिले परिस्थिती त्यस्तो छैन । अहिले श्रमिक कटौतीको समस्या पनि आइहरेको छ । रोजगारी कटौती नगर्ने वातावरण सिर्जना गर्नको लागि राज्य स्तरमा हाम्रो एजेण्डालाई कसरी सार्थकता दिने भन्ने हाम्रो प्राथमिकताको विषय हो ।

अर्को यो समयमा औद्योगिक वातावरण खलबलिन सक्छ । उद्योगले कटौती गर्ने र श्रमिकले लामो समयदेखि काम गर्दै आएको हुनाले पनि वातावरण असहज बन्न सक्छ । खर्च कटौती दवावमा छ । निजी क्षेत्र पनि खर्च कटौतीको दवावमा छ । यसमा सरकार निजी क्षेत्र र श्रमिकहरुबिच त्रिपक्षिय रुपले कसरी सहज वातवारण बनाउन सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन्छ ।

मेरो ३÷४ वर्षको अनुभवलाई पनि सेयर गर्ने मेरो भूमीका हुन्छ । एजेण्डा सेट गर्ने काम अध्यक्ष र उपाध्यक्षले हुन्छ । तर उनीहरुले गरेको ऐजेण्डाहरुमा सक्रियता सहभागिता र आफ्नो योगदानका मैले सदस्यमा उम्मेदारी दिएको हो । मेरो व्यक्तिगत एजेण्डाहरु हुने त भएन तर हामी सबै मिलेर व्यवसायिक हितका लागि काम गर्छौं ।

अहिले कोरोना भाइरसको महामारी छ । तर, तपाइहरुले चुनावी प्रचारप्रसार बढाइरहनु भएको छ । समस्यामा परेका व्यवसायीहरुलाई राहत चाहिएको समयमा तपाईहरु भोट माग्न जानु कत्तिको उपयुक्त हो ?

हामी सबै कोरोनाबाट ग्रसित भएको करिब १ वर्ष भइसकेको छ । यो लामो समयसम्म उद्योगी व्यवसायी मात्र होइन सबैलाई समस्या नै भयो । महासंघको चुनाव पनि धेरै लामो समयदेखि सार्दा सार्दै मंसिरमा आइपुगेका हौं । हाम्रो पनि आफ्नो बाध्यता थियो । किनकि संस्थागत जीवन पनि दिइरहनु पर्यो । सहमति हुन सकेको भए एकदमै राम्रो हुन्थ्यो । तर, यति ठूलो संस्था छ । यसमा प्रजातान्त्रिक प्रक्रिया हुनु स्वभाविक नै हो । यसमा अन्यथा लिनु पर्ने कूरा पनि भएन । अहिले विभिन्न उद्योगी वयवसायीहरुसँग प्रत्यक्ष भेटेर आफ्ना समस्या तथा धारणाहरु सेयर पनि गरिरहेका छौं । कतिपय उद्योग व्यवसायहरु चैतदेखि सञ्चालन नै हुन सकेका छैनन् । कतिपय आंशिक सञ्चालन भएका छन् भने धेरै त सञ्चालन पनि भएका छन् । कतिपय नयाँ उद्यमशिलता पनि विकास भएको छ । अहिले सबैसँग अन्र्तक्रिया पनि गरिरहेका छौं । यो एउटा सकरात्मक विषय पनि हो । समस्याहरु बुझ्ने अवसरकार रुपमा सिर्जना भएको छ । अर्को, निर्वाचन प्रक्रिया हो यसलाई पूरा गरेर नयाँ नेतृत्व सहित नयाँ तरिकाले अगाडि बढ्ने हाम्रो योजना छ ।

तपाइँले चन्द्र ढकाल पक्षबाट एसोसिएट सदस्यका रुपमा उम्मेदवारी दिनु भएको छ । ढकालमा के सवल पक्ष छ जसले तपाइँलाई उहाँकै प्यानलबाट उम्मेदवारी दिने उर्जा मिल्यो र प्रधानमा के कमजोरी छ र उहाँलाई रोज्नु भएन ?

हामी सबैको पक्ष व्यवसायिक नै हो । हाम्रो राजनीतिक दल जस्तो पार्टी छैन । हामी सबैको एउटै उद्धेश्य छ । हामीले जुनसुकै पक्षको समर्थन गरेपनि हामी त्यहाँ गएर एउटै उद्धेश्यका लागि काम गर्ने हो । फरक टिमबाट जाने र फरक उद्धेश्य भन्ने छैन । प्रक्रिया मात्र फरक हो । फरक भनेको आइडियोलोजी मात्र हो ।

हामी समग्र व्यवसायिक हितका लागि काम गर्ने हो । ढकाल पक्षले ल्याउने पनि व्यवसायिक पक्षका एजेण्डा हुन् भने प्रधानले ल्याउने पनि व्यवसायिक हितका एजेण्डा हुन् । तर, मलाई ढकाल पक्षबाट चुनाव लड्न उपयुक्त लाग्यो म उहाँकै पक्षबाट लडेँ ।

तपाईका अन्य ३२ जना प्रतिष्पर्धी हुनुहुन्छ । तपाईँ अन्यभन्दा के फरक ? तपाईँलाई मतदाताले मतदान किन गर्ने ?

जति म आफुलाई उत्कृष्ट मान्छु त्यति नै सबै जना उत्कृष्ट नै हुनुहुन्छ । किनभने उहाँहरु भन्दा म थप उत्कृष्ट छु जस्तो मलाई लाग्दैन । तर, म साथीहरुभन्दा कमजोर चाहिँ छैन । उत्कृष्ट सबै हुनुहुन्छ । तर, म पनि अरुभन्दा कमजोर छैन । यो भन्दा अगाडि २ वर्ष उद्योग संघको सभापति भएर काम गरिसकेको छु । अहिले रोजगारदाता परिसंघको उपसभापति भएर पनि काम गरिसकेको छु । मेरो अनुभव पनि यस क्षेत्रमा छ । संस्था भनेको संस्थागत अनुभव पनि लिएर जानु पर्ने हुन्छ । नयाँ साथीहरु आएर नयाँ आइडिया र भिजन सँगै लिएर जाने र पूराना साथीहरुका अनुभव लिएर अगाडि बढ्यो भने त्यो टीम उत्कृट हुन्छ भन्ने हो । मैले काम गरेको र मेरो योगदानको हिसावले मूल्याकंन गर्ने कूरा भयो अर्को सक्रियताको हिसावले पनि मूल्याकंन गर्ने कूरा भयो । तसर्थ मेरो बिचारमा सबै उत्कृष्ट हुनुहुन्छ सबै उत्कृष्टको बिचमा म पनि कमजोर उम्मेदवार होइन भन्ने जस्तो मलाई लाग्छ ।

अन्त्यमा, आफु विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

यो भन्दा अगाडि पनि म निर्वाचित नै भएर आएको हुँ । अझै पनि निर्वाचित हुने भएकोले हाम्रा मतदाता उनीहरु नै छन् । केही थप मतदाता भएपनि अधिकांश पूरानै हुन् । मेरो तीन वर्षे कार्यकाल सबै उद्योगी व्यवसायीको मुद्दा र विषयमा केन्द्रित रह्यो । आर्थिक विषयमा जुन भूमिका मेरो थियो । सबै साथीहरुले राम्रै भूमिका गर्नु भयो भन्नुहुन्छ । त्यसैले म अझै पनि विश्वस्त छु कि म जित्छु । मेरो काम गरेको आधारमा मलाई सबैले भोट दिन्छन् जस्तो मलाई लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.