महासंघमा सहमतिको अन्तिम प्रयास, वरिष्ठ उपाध्यक्षका दुवै प्रत्यासीसँग अध्यक्षले भोलि छलफल गर्ने

  २०७७ मंसिर ७ गते १६:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघ ( एफएनसीसीआई) को ५४ औं साधारणसभा मंसिर ११ गतेदेखि १३ गतेसम्म हुँदैछ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् ।

विभिन्न समयमा सहमति अनुसार नै अगाडि बढ्ने भनिरहे पनि अहिले सम्म सहमति हुन सकेको छैन । तर, महासंघकी अध्यक्ष भवानी राणाअझै पनि सहमतिको लागि प्रयासमा छिन् । उनले आफ्ना लागि दुवै अध्यक्ष बराबर भएकाले सकभर सहमति अनुसार नै अगाडि बढ्नु पर्ने बताउँदै आएकी छन् ।

उनले अब निर्वाचन नजिकिँदै गर्दा दुवै जनाको सहमतिका लागि भोलि छलफलमा बस्ने बताएकी छन् । ‘मैले पहिलेदेखि नै भन्दै आएकी छु, दुवै जना मेरो लागि बराबर नै हो, दुवै जनाको योगदान महासंघमा ठूलो छ, म अन्तिम अवस्थासम्म सहमतिको प्रयासमा हुन्छ, अन्तिम पटक दुवै जनासँग भोलि बस्दैछु’ उनले विकासन्युजसँ ग भनिन् ।

महासंघको चुनावका लागि दुई प्यानल चुनावी प्रचारप्रसारमा छन् । ढकाल पक्षबाट जिल्लानगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फ रामचन्द्र संघाईले उम्मेदवारी दिएका छन् । यस्तै प्रधान प्यानलबाट जिल्लानगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगत तर्फ अञ्जन श्रेष्ठ र एसोसिएटतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.