निर्वाचन र परिणामको औपचारिक घोषणा मात्र बाँकी हो, हाम्रो जीत सुनिश्चित छ-चन्द्रप्रसाद ढकाल

  २०७७ मंसिर ७ गते १५:१५     विकासन्युज

चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षका प्रत्याशी, नेपाल उद्योग वाणिज्य महासंघ


यसै साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले सबैको ध्यान आकर्षित गरेको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको नेतृत्वमा दुई वटा चुनावी प्यानल प्रतिस्पर्धामा उत्रेका छन् । ६४ पदमा हुने निर्वाचनमा लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये दुई पदमा निर्विरोध भएको छ । निर्विरोध भएका प्रदेश एकबाट राजेन्द्र राउत र द्विराष्ट्रिय समूहबाट सन्दीप अग्रवाल दुबै ढकालका समर्थक हुन् । यसलाई ढकालको प्यानलको विजयी यात्राको शुरुवात भनेको छ । चुनावको तयारी कस्तो छ ? चुनाव चित्ने आधार के छन् ? प्रस्तुत छ बरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालसँग गरिएको चुनावी वहस ।

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । चुनावी अभियानमा देशभर भेटघाट र अन्तरक्रिया गरिरहनु भएको छ । मतदाताको अपेक्षा के छन् ?

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभा तथा निर्वाचनको हामी संघारमा छौं । अहिले पनि म देशै भरिका व्यवसायी साथीहरुसँग कुराकानी तथा छलफल÷भेटघाट गर्न सक्रिय छु । उद्योगी, व्यवसायी साथिहरुकै सक्रियतामा देशका विभिन्न स्थानहरुमा चुनाव लक्षित कार्यक्रमहरु भैरहेका छन् । हामीले हाम्रो एजेण्डाहरु प्रष्टसँग राखेका छौँ, सँगसँगै ती एजेण्डाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौं । देशैभरीका उद्योगी, व्यवसायीले महासंघका काम कारवाहीलाई प्रभावकारी बनाउन महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्दछ भन्ने आवाज उठाइरहनुभएको छ । देशमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउनु पर्ने छ । नयाँ नेतृत्वले निजी क्षेत्रका समस्या नजिकबाट बुझोस् र समस्याको सम्बोधन गर्नसक्ने होस् भन्ने आम मतदाताको अपेक्षा रहेको छ । उहाँहरुको अपेक्षा र हाम्रा उद्देश्य साझा छन् ।

विधानतः अहिले निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष स्वतः अर्कोपटक महासंघको अध्यक्ष हुने व्यवस्था छ । यस सन्दर्भमा आम उद्योगी÷व्यवसायी माझ के सन्देश लिएर पुग्नुभएको छ ?

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । देशभरीका उद्योगी व्यवसायी साथीहरुलाई मैले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र महासंघको उज्जवल भविष्य निर्माणमा सहयोग गर्नेछ भन्दै आएको छु । सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने नेतृत्व हामीले चुन्नुपर्ने छ । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । मैले सबै उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्वाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।

सहमतिबाटै वरिष्ठ उपाध्यक्ष चयन गरिने चर्चा पनि चलेको थियो । तर तपाईसँगै किशोर प्रधान पनि वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । सहमतिको सम्भावना छ कि छैन ?

विशेषतः पूर्व अध्यक्षज्यूहरु चुनाव गर्नु भन्दा अहिलेको अवस्थामा महासंघलाई प्रभावकारी बनाउन सहमतिबाटै जानुपर्छ भनेर प्रयास गरिरहनु भएको भन्ने सुनेको छु । यस्तो बेला सर्वसम्मत नेतृत्व चयन हुनुपर्दथ्यो र त्यो सर्वसम्मतिको पहल समयमै गरिनुपथ्र्याे । मेरो पनि यसमा समर्थन थियो । तर, त्यो हुन सकेन । भर्खरै निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । अहिले चुनावी प्रतिष्पर्धाबाटै नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ ।

महासंघका सबै पूर्वअध्यक्षहरू, अग्रजहरुप्रति मेरो सधैँ सम्मान छ । रह्यो कुरो समर्थनको । कुनै एउटा समूह विशेषप्रति उहाँहरुले जनाउनुभएको समर्थनले मलाई दबाब सिर्जना गरेको छैन । बरु देशैभरिका उद्योगी व्यवसायी साथीहरुबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावले मलाई बलियो ढाडस र उर्जा दिएको छ ।

आगामी अध्यक्ष र केही पूर्व अध्यक्षहरुको समर्थन खुलेरै किशोर प्रधानलाई गएको छ, यसले तपाईलाई कत्तिको दवाबको अनुभूति भएको छ ?

महासंघका सबै पूर्वअध्यक्षहरू, अग्रजहरुप्रति मेरो सधैँ सम्मान छ । रह्यो कुरो समर्थनको । कुनै एउटा समूह विशेषप्रति उहाँहरुले जनाउनुभएको समर्थनले मलाई दबाब सिर्जना गरेको छैन । बरु देशैभरिका उद्योगी व्यवसायी साथीहरुबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावले मलाई बलियो ढाडस र उर्जा दिएको छ ।

अर्को कुरा उहाँहरुले कुन समूहलाई समर्थन गर्दै हुनुहुन्छ भन्नेभन्दा पनि उहाँहरूले छाडेको विरासत धान्न सक्ने नेतृत्व क्षमता कुन व्यक्तिमा छ र अहिलेको अवस्थामा महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रलाई वास्तविक छाता संगठनका रुपमा महासंघलाई अगाडी बढाउनका लागि उपयुक्त व्यक्ति को हुन सक्छ भन्ने विषयमा इमानदारीपूर्वक आत्मसमीक्षा उहाँहरूले गर्नुभयो भने त्यहाँ अवश्य पनि म र हाम्रो टिम मात्र रहनेछ । यसमा उहाँहरुले पनि विचार गर्नुहुन्छ होला ।

तपाईले वरिष्ठ उपाध्यक्ष पद दाबी गर्नुपर्ने आधारहरु के के हुन् ?

महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनु पर्दछ भन्ने आम व्यवसायीहरुको आवाज हो । मेरो उमेद्वारीमा सानादेखि ठूला उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूले अपनत्व महशुस गर्नुभएको छ र उत्साहित हुनुहुन्छ । म सधंै व्यवसायीका हक, हित र अधिकारका पक्षमा लाग्ने हुनाले सबै व्यवसायी साथीहरुले मलाई नेतृत्वमा आउन आग्रह नै गर्नुभएको हो । उहाँहरुले मलाई साझा उमेद्वारका रुपमा हेर्नुभएको छ । म साना मझौला व्यवसायीको पीडादेखि ठूला उद्योगी व्यवसायीसम्मका समस्या तथा पीडालाई सहजै बुझ्न सक्छु र तिनको समाधानका लागि नीति निर्माताका तहसम्म पुर्याउने क्षमता राख्दछु । यति मात्र नभई अन्तर्राष्ट्रिय अनुभवका आधारमा मैले राज्य र निजीक्षेत्रको साझेदारीमा आर्थिक विकास गर्न सकिन्छ भनेर राज्यलाई ठोस, वस्तुपरक र व्यावहारिक सुझाव दिने क्षमता राख्दछु । हाम्रो टिम पनि उस्तै सक्षम र सबल छ ।

महासंघमा म दुईदुई पटक कार्यसमितिमा सर्वसम्मत वा लोकप्रिय मतका साथ आएको छु । म उपाध्यक्ष पनि सहमतिबाटै भएको हो । पूर्वअध्यक्षज्यूहरु, अग्रज उद्योगी व्यवसायीहरु लगायत अन्य पदाधिकारी सहकर्मी साथीहरुले मैले महासंघको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिकाको उचित मूल्याङ्कन गर्नुभएको छ । मलाई लाग्छ यी आधारहरु वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीका लागि प्रयाप्त छन् ।

तपाईंलाई सबैभन्दा बढी सहयोग र सपोर्ट कुन कुन क्षेत्रबाट आएको छ ?

देशैभरीका जिल्ला नगर उद्योग वाणिज्य संघ, एशोसियट तथा वस्तुगत संघबाट मलाई उत्साहपूर्ण समर्थन प्राप्त भईरहको छ । मेरो सबै जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जीतलाई सुनिश्चत गरेको छ ।

सधैँ ओझेलमा पर्ने गरेका साना व्यवसायीहरुका लागि तपाईं नेतृत्वमा आएपछि के–के गर्नुहुन्छ ?

उद्योग वाणिज्य महासंघ यस्तो संस्था हो जसमा जिल्लामा भएका सानासाना व्यवसाय पनि सहभागी छन् । हरेक क्षेत्र छन् । यसमा वस्तुगत संघको पनि सहभागिता छ । यसमा साना व्यवसायीको पनि सहभागिता हुन्छ । महासंघकै नेतृत्वमा पुग्नसक्ने साना व्यवसायीलाई पनि अधिकार हुन्छ । महासंघलाई निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा समावेशी तवरले अगाडि बढाउनु आवश्यक छ । मलाई जिल्लास्तरमा व्यवसायीहरुले भोग्ने समस्या तथा चुनौतिको पूर्ण जानकारी छ । साना मझौला उद्योग भनेको दिगो विकासको आधार भएकाले संसारभर यस्ता क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड पनि भन्ने गरिन्छ । नेपालमै पनि लकडाउनको अवस्थामा अर्थतन्त्र धान्ने आधार यस्तै उद्यम व्यवसाय भएको तथ्य हामीले भुल्नु हुँदैन । त्यसैले साना तथा मझौला उद्योग व्यवसायको संरक्षणका लागि हामी कुनै सम्झौता गर्दैनौं । समग्र साना, मझौला तथा ठूला उद्योगी, व्यवसायीहरुको साझा संगठनका रुपमा महासंघको पुर्नसंचना गर्ने कुरामा हामी प्रतिबद्घ छौं । महासंघलाई सबै उद्यमी व्यवसायीको साझा चौतारीका रुपमा विकास गर्ने र सबैको आवाज सुनिने बनाउने छौं ।

कोरोनाका कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । महासंघमा आएपछि अर्थतन्त्रलाई माथि उठाउन तपाईंले कसरी योगदान गर्ने योजना बनाउनुभएको छ ?

कोभिडभन्दा अगाडि नेपालको अर्थतन्त्र सुधारोन्मुख थियो । निकै लामो समयपछि नयाँ संविधानसँगै हामीले राजनीतिक स्थीरता प्राप्त गरेका थियौँ । लामो लकडाउनका कारण नेपालको आर्थिक क्षेत्रले निकै ठूलो र दीर्घकालीन क्षति व्यहोरिसकेको छ । तत्कालका लागि कोभिडबाट सिर्जित समस्याको सम्बोधन गर्नुपर्ने छ । यो मेरो प्राथमिकताको बिषय बस्तु पनि हो । कोभिडले क्षत्विक्षत् पारेको अर्थतन्त्रलाई माथि उकास्न राज्य र निजीक्षेत्रको संयुक्त प्रयास अपरिहार्य छ । कोभिडले नेपालभरिका उद्योग–व्यवसायमा के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा महासंघमार्फत अध्ययन गराई उद्योग व्यवसायको उद्धारका लागि सरकारलगायत सम्बद्ध सबै सरोकारवाला निकायहरूमा हामीले ठोस पहल गर्नेछौ ।

यी र यस्तै केही महत्वपूर्ण कार्यक्रमहरु समेटेर एफएनसीसीआई भिजन २०२५ मा काम गरिरहेका छौं । यसले समग्र व्यवसायीले भोग्ने समस्याहरुको समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने देखि निजी क्षेत्रको विकास, महासंघको सबलीकरण तथा मुलुकको आर्थिक उन्नतिलाई योजना वद्धरुपमा अगाडि बढाउन सहयोग पुग्ने छ ।

यससँगै, देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तसर्थ, राज्यसँग अर्थपूर्ण साझेदारी एवम् नीति निर्माणमा पैरवीका लागि महत्वपूर्ण पहलकदमी लिनुपर्ने छ । नेपालमा एफडीआई भित्र्याउनका लागि लगानी मैत्री वातावरण सिर्जना गर्ने र नेपाली उद्योगी व्यापारी साथीहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन योजनाबद्ध रुपमा अगाडी बढ्नुपर्ने छ ।

यी र यस्तै केही महत्वपूर्ण कार्यक्रमहरु समेटेर एफएनसीसीआई भिजन २०२५ मा काम गरिरहेका छौं । यसले समग्र व्यवसायीले भोग्ने समस्याहरुको समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने देखि निजी क्षेत्रको विकास, महासंघको सबलीकरण तथा मुलुकको आर्थिक उन्नतिलाई योजना वद्धरुपमा अगाडि बढाउन सहयोग पुग्ने छ ।

तपाईको चुनावी एजेन्डाहरु केके हुन ?

सानादेखि ठूला सबै व्यवसायिले दिनानुदिन भोग्ने प्रशासनिक, श्रमसम्बन्धी, नीतिगत समस्याहरुको समाधान गर्दै देशमा औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ । निजी क्षेत्रका तर्फबाट महासंघले राज्यसँग साझेदारी गर्दै यसको नेतृत्व लिनुपर्दछ । यसको साथसाथै अहिले कोभिड–१९ को माहामारीले नेपालको आर्थिक क्षेत्रमा निकै गम्भीर असर पारेको छ । हामी महासंघका तर्फबाट नेपालको उद्योग, व्यवसायमा के असर पा¥यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस योजना ल्याउने छौं ।

अर्को महत्वपूर्ण विषय भनेको निजी क्षेत्रलाई शसक्त बनाउदै राज्यसँगको अर्थपूर्ण साझेदारी र सहकार्यमा समृद्धिको यात्रा तय गर्नका लागि धेरै कामहरु गर्नुपर्ने छ । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा समृद्ध देशको परिकल्पना गर्न सकिदैन । हामीले लगानीका लागि सहजीकरण गर्ने, व्यवसायीका हक अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने तथा राज्यका लागि महत्वपूर्ण सारथीका रुपमा भूमिका निर्वाह गर्ने छौं । नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी बृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । यसका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग लबिङ गर्नुपर्ने हुन्छ । यसमा हामीले पहलकदमी लिनेछौ । त्यसैगरी, उद्योगी व्यापारीसँग राज्यका निकायले जबर्जस्ती होइन, पारदर्शी ढंगबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ । उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रियालाई सहज बनाउनुपर्नेछ । आवश्यक पूर्वाधारको विकास गर्दै हाम्रो निर्यात व्यापार बढाउनका लागि पहल गर्नुपर्नेछ । तीन तहका सरकारबीचका आपसी समन्वयमा देखिएको अभावका कारण सिर्जना भएका करका दुविधाहरुलाई समयानुसार परिमार्जन गर्नुपर्नेछ । साना, मझौला तथा ठूला उद्योगका धेरै विषयहरुमा हामीले अहिले अगाडि बढाएका कामहरुलाई पूर्णता दिनुपर्ने छ ।

आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?

महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु; प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवालजी सर्वसम्मत चयन भैसक्नु भएको छ । वहाँहरु दुवैजना हाम्रो प्यानलबाट हुनुहुन्छ । यसबाट हामी प्रारम्भिक अनुमान लगाउन सक्छौं ।सबै क्षेत्रका साथीहरुले आफ्नो साझा उमेद्वारका रुपमा मलाई हेर्नुभएको छ । तसर्थ, महासंघको आसन्न निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेछ भन्नेमा म विश्वस्त छु । मात्र औपचारिक घोषणाको प्रतिक्षामा बसेका छौं । हाम्रो जीत सुनिश्चित भई नै सकेको छ ।

महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु; प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवालजी सर्वसम्मत चयन भैसक्नु भएको छ । वहाँहरु दुवैजना हाम्रो प्यानलबाट हुनुहुन्छ । यसबाट हामी प्रारम्भिक अनुमान लगाउन सक्छौं । अर्को महत्वपूर्ण कुरा, गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पुर्याउन सक्ने हाम्रो सक्षम र सबल टिम छ । म लगाएत हाम्रो टिमप्रति आम उद्योगी व्यवसायी मतदाताहरुको दरिलो साथ रहेको छ । म चुनाव वा कुनै विशेष समय परिस्थितिमा मात्र महासंघका कार्यक्रमहरु र देश दौडाहामा लाग्ने व्यक्ति होइन । हाम्रो व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म छ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट सबै जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रका साथीहरुसँग निकै राम्रो सम्बन्ध रहेको छ । उहाँहरुको विश्वास जित्न सफल भएको छु । सबै क्षेत्रका साथीहरुले आफ्नो साझा उमेद्वारका रुपमा मलाई हेर्नुभएको छ । तसर्थ, महासंघको आसन्न निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेछ भन्नेमा म विश्वस्त छु । मात्र औपचारिक घोषणाको प्रतिक्षामा बसेका छौं । हाम्रो जीत सुनिश्चित भई नै सकेको छ ।

महासंघको साधारणसभाको पटक पटक मिति तोकिदै स्थगित हुँदै आएको छ । यसपटक त सधारणसभा सम्पन्न होला नि ?

गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । बीचमा पटकपटक मिति तोकिए पनि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । तर यसपटक भने महासंघको निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरिसकेको अवस्था छ । नेपाल सरकार गृह मन्त्रालयले पनि साधारणसभाका लागि स्वीकृति प्रदान गरिसकेको अवस्था छ । तसर्थ स्वास्थ्यसम्बन्धी सबै प्रोटोकलहरु पूरा गरेर हामीले साधारणसभा सम्पन्न गर्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.