एफएनसीसीआईको निर्वाचनमा को–सँग कसको भिडन्त ? (नामावलीसहित)

  २०७७ मंसिर ५ गते १३:४०     विकासन्युज

काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआईं) को ५४ औं वार्षिक साधारणसभा आउन अब एक हप्ता पनि बाँकी छन् ।

महासंघको चुनावको लागि यतिखेर दुई पयानल चुनावी प्रचार—प्रसारका लागि मैदानमा उत्रिएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको समूह अहिले आफ्नो पक्षमा विजयी हाँसिल गर्नको लागि मतदातासमक्ष भोटको अपिल गर्न व्यस्त छन् ।

महासंघको ५४औँ साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । महासंघको निर्वाचन समितिले शुक्रबार जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार ५४ औँ साधारणसभाबाट निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुसहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको जनाएको हो ।

चन्द्र ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधिी तिवारी र उसोसियटसतर्फ रामचन्द्र सघाईले उम्मेदारी दिएका छन् भने प्रधानको समूहबाट वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसियटसतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।

महासंघको निर्वाचनमा एशोसिएट तर्फको १९ पदका लागि ३३ जना, जिल्ला नगरतर्फको कुल १८ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ भने वस्तुगततर्फको अन्य १४ सदस्य पदका लागि २९ जना, र संस्थापक सदस्यबाट ३ जनाको उम्मेदवारी परेको छ ।

महासंघकाे जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् ।

यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने निर्वाचनमा द्धिराष्ट्रिय उद्योग वाणिजय संघले पनि मतदान गर्न पाउने छन् । जसमा १२ वटा सदस्यहरु रहेका छन् । यस्तै, एसोसिएटतर्फ पनि ९ सय २३ सदस्य संस्थाहरु रहेका छन् भने निर्वाचनमा संस्थापक सदस्यहरुले पनि मतदान गर्न पाउने छन् । महासंघमा संस्थापक सदस्य तथा संघ/संस्थाहरु १२ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.