एफएनसीसीआई निर्वाचनः मतदान गर्ने सदस्यहरुको नामावली प्रकाशित, ११ गते बिहानसम्म प्रतिनिधि मनोनयन गर्न पाइने

  २०७७ मंसिर ३ गते १२:२९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको नामावली प्रकाशन गरेको छ । समतिले महासंघको जिल्ला नगर संघ, वस्तुगत र एसोसियटतर्फका सदस्यहरुको नामावली प्रकाशित गरेको हो ।

मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने महासंघको ५४ औं साधारणसभाका लागि निर्वाचन समितिले मताधिकार प्रयोग गर्न पाउने सम्बन्धी मतदाता नामावली बमोजिम सदस्यहरुको नामावली प्रकाशित गरेको बताएको छ । साथै नामावलीमा रहेका तर नविकरण हुन बांकी सदस्य संघ/संस्थाहरुले मंसीर ११ गते विहान ९ बजेसम्म आर्थिक २०७६/७७ सम्मको वार्षिक शुल्क बुझाई तोकिए बमोजिम प्रतिनिधि मनोनयन गर्नु पर्ने पनि जनाएको छ ।

प्रतिनिधि मनोनय नगर्नेले मतदान गर्न नपाउने पनि सूचनामा उल्लेख गरिएको छ । सूचनामा प्रकाशित नामावली अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् ।

यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने निर्वाचनमा द्धिराष्ट्रिय उद्योग वाणिजय संघले पनि मतदान गर्न पाउने छन् । जसमा १२ वटा सदस्यहरु रहेका छन् । यस्तै, एसोसिएटतर्फ पनि ९ सय २३ सदस्य संस्थाहरु रहेका छन् भने निर्वाचनमा संस्थापक सदस्यहरुले पनि मतदान गर्न पाउने छन् । महासंघमा संस्थापक सदस्य तथा संघ/संस्थाहरु १२ रहेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि यतिखेर दुई जना चुनावी प्रचारप्रसारमा छन् । चन्द्र ढकाल र किशोर प्रधान आफ्नो प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । ढकालको प्यानलबाट जिल्लानगरतर्फ गुणनिधि तिवारी, वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र एसोसिएटसतर्फ रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन् ।

यस्तै, प्रधानको प्यानलबाट जिल्लानगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगत तर्फ अञ्जन श्रेष्ठ र एसोसिएट्सतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् । दुवै पक्षले आफुसँग बहुमत रहेको दावी पनि गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.