महालक्ष्मी विकास बैंकका ऋणीले ब्याजमा १० प्रतिशत छुट

  २०७७ असोज २७ गते १५:११     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा  बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई ब्याज रकममा छुट दिने भएकाे छ ।

बैंकले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हाे । बैंकले ब्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जनाएकाे छ ।

यस परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको जनाएकाे छ ।