बिहिबार नेपालभर १९ सय बढी संक्रमित थपिए, मृत्‍यु हुनेकाे संख्या ५०९ पुग्याे

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर १९ सय ११ र उपत्यकामा मात्र ९४३ जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर १९ सय ११ र उपत्यकामा मात्र ९४३ जना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २१ हजार ८ सय ३० पुगेकाे छ ।

हाल क्वारेन्टिनमा ५ हजार ७७ जना रहेका छन् भने आजसम्म १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९६१ जना निकाे भएसँगैं हालसम्म ५७ हजार ३ सय ८९ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ११ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५०९ पुगेकाे छ ।

Share News