
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिक भत्ता ५ हजार पुर्याउने बताएका छन् । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो यस्तो कूरा बताउका हुन् ।
उनले जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको अन्य सेवासुविधा पनि पर्याप्त नभएको भन्दै समयअनुसार परिमार्जन गर्दै लगिने बताए ।
‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार र्पुयाइएको छ,’ मैले निर्वाचनअघि नै घोषणा गरेको थिएँ, फेरि पनि भन्छु मेरै कार्यकालमा पाँच हजार र्पुयाउँछु,’ उनले भने ।
प्रधानमन्त्रीले आफू जहिले जहिले सरकारमा रहे त्यो समयमै जेष्ठ नागरिकका लागि महत्त्वपूर्ण काम भएको दाबी गरे।