काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भई आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्जा प्रदान गर्नेछ ।
यसबाट “आफ्नै व्यक्तिगत घर होस“ भन्ने सपना बोकेका ग्राहकहरुले अभिलासा पुरा गर्न सहज हुने कुरामा आफु विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्सका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।