महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई ब्याज रकममा १० प्रतिशत छुट

  २०७७ असोज ६ गते १७:१३     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा राहत पु¥याउने उद्देश्यले ऋणीहरुकाे लागि छुट दिने व्यवस्था गरेकाे बैंकले जनाएकाे छ ।

विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको बैंकले बताएकाे छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.