धरान उपमहानगरको कर तथा राजस्व अबदेखि इ-सेवा मार्फत भुक्तानी गर्न सकिने

  २०७७ असोज ६ गते १७:०४     विकासन्युज

धरान । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इ-सेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि धरान नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इ-सेवाबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

इ-सेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इ-सेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन् ।

स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड-१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित बनाउने इ-सेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले बताए ।

नगरबासीले दुई तरिका बाट इ-सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् । यसकाे लागि नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इ-सेवाको मोबाईल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेभसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.