१ लाख ६५ हजारमा ल्यापटप, सोफा, डबल बेडको पलङ, मोटरसाइकल सहित १३५ सामान

  २०७७ असोज ६ गते १७:२३     विकासन्युज

काठमाडौं । विश्वव्यापी रुपमा संक्रमण र सन्त्रास फैलाइरहेको कोरोना भाइर (कोभिड–१९) कारण धेरैको आम्दानी तथा रोजगारी गुमिरहेको छ । आम्दानी र रोजगारी गुमेपछि आफूलाई चाहिने बस्तु तथा सेवा खरिद गर्न सक्ने क्रय क्षमता पनि घट्ने नै भयो ।

क्रय क्षमता घटेपनि नभइ नहुने बस्तु जसरी तसरी किन्नै पर्छ । अझ घरायसी प्रयोजनका सामानहरु सोफा, दराज, पलङ, प्रेसर कुकर जस्ता बस्तु भएनन् भने कति समस्या पर्छ भन्ने तपाईं हामीले भोगेकै छौं ।

कोभिड–१९ का कारण धेरै कार्यालयहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम (वर्क फ्रम होम) गराएका छन् । कम्प्युटरमा गर्ने प्रकृतिको काम घरबाटै गर्नुपर्ने भयो भने ल्यापटप त चाहिने नै भयो ।

अझ पछिल्लो समय स्कुल तथा कलेज पनि अनलाइन कक्षा संचालन गरिरहेका छन् । अनलाइन कक्षा लिनको लागि मोबाइल वा ल्यापटप आवश्यक हुन्छ । लकडाउनका कारण अन्तराष्ट्रिय व्यापारमा समस्या आएकोले ल्यापटप, मोबाइल जस्ता विद्युतीय सामानको मूल्य दोब्बर जस्तै महंगो भएको पनि उपभोक्ताले महसुस गरिरहेका छन् ।

यस्तै समस्या वा उल्झनमा हुनुहुन्छ भने १ सय ३५ वटा विभिन्न सामान १ लाख ६५ हजार ९९ रुपैयाँमा पाइने सम्भावना छ । सामानको यति मूल्यमा नै पाइने सामानको सुचीमा मोटरसाइकल पनि छ ।

तर, यी सामान नयाँ भने होइनन् । नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले लिलामी गर्न लागेको हो । र, यो १ लाख ६५ हजार ९९ रुपैयाँ पनि न्यूनतम मूल्य हो । जसले बढी मूल्य कबोल गर्छ, यी सामान उसैले पाउने हो । लिलामी प्रक्रियामा सहभागी हुन शिलबन्दी अर्थात खाममा बन्द गरेर मूल्य कबोल गर्नुपर्छ । जसले बढी मूल्य तिर्ने गरी सामान किन्ने कबोल गरेको हुन्छ, यी सामान उसैले पाउने हो ।

यी हुन् लिलाम गर्न लागिएका सामान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.