सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई दुई लाख ५० हजार सहयाेग

  २०७७ असोज ६ गते १६:२०     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरकाे धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयाेग गरेकाे छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्कान होम अफ होपलाई सहयाेग गरेकाे हाे ।

आफुहरुले गरेकाे सहयाेगले मुस्कान होम अफ होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने  विश्वास लिएकाे बैंकले जनाएकाे छ ।

बैंकले सहयाेग रुपमा चेक हस्तान्तरण गरेकाे थियाे । बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.