खाद्य प्रविधी अध्यन गरेका विद्यार्थीकाे लागि ‘रेफ्ट लोकल हिरोज च्यालेन्ज’

  २०७७ असोज ६ गते १६:०३     विकासन्युज

काठमाडौं । थट फर फुड (टिएफएफ) ले रेफ्ट लोकल हिरोज च्यालेन्ज २०२० आयोजन गर्ने भएको छ । खाद्य प्रविधी अध्यन गरेका विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व वहन गराउने उदेश्यले रिडिफाइनिङ एण्ड ईम्पावरिङ फुड टेक्नोलोजिस्ट विषय अन्तर्गत रहेर च्यालेन्ज गर्न लागिएको टिएफएफले जानकारी दिएको छ ।

५ दिन प्रत्यक्ष र ७ दिन अप्रत्यक्ष रुपबाट सञ्चालन हुने यो कार्यक्रम खाद्यप्रविधिका विद्यार्थी, विज्ञ र अनुसन्धानकर्ता हरुको साझा मञ्च हुनेछ । अक्टुबर १ मा औपचारीक सुरुवात सँगै जुम डिजिटल प्लेटफर्म बाट हुने यो कार्यक्रममा २ दिन खाद्य प्रविधिसँग सम्बन्धित विभिन्न विषयहरुमा विज्ञहरु मार्फत सम्बोधन हुनेछ भने बाँकीदुई दिन विभिन्न प्रतिस्पर्धिहरुले खाद्य अभाव, भोकमरी र खाद्य सुरक्षाका लागी ल्याइएको विचार लाइ विज्ञसामू प्रस्तूत गर्नेछन् । उक्त्त विचार हरुलाई विज्ञहरुको सल्लाह सुझाव अनुसार सहभागीहरुले परीमार्जन गर्नेछन् । विभिन्न प्रतिस्पर्धिबाट पहिलो चरणमा १२ टिम छनोट हुनेछन् ।

आइडिया पिचिङ पश्चात प्रतिस्पर्धिहरुले १ हप्ताको समयभर आफ्नो विचारलाई समाजमा गएर कृषक वा व्यवसायीहरुसँग सहकार्य गरेर लागू गर्नुपर्नेछ । अन्त्यमा समापन समारोह अक्टोबर १० को दिन विभिन्न आधारबाट मुल्यांकन गरेर उत्कृष्ट विचारलाई रेफ्ट लोकल हिरो २०२० अवार्ड सहित नगद र विभिन्न पुरस्कारले सम्मान गरिने टिएफएफले बताएकाे छ ।

करिब १३० भन्दा बढी देशमा १५ हजारभन्दा बढी स्वयंमसेवक हरुको सक्रिय सहभागितामा थट फर फुडले कामगर्दै आइरहेको छ । यस संस्था कृषि र खाद्य क्षेत्रमा नविन उद्यमशीलता, खाद्य सुरक्षा, दिगो लक्ष्य, शुन्य भोकमरीको लक्ष्य बोकेर युवा एवम् नविनतम सोच बोकेका उद्यमीहरु सँग सहकार्य गर्दै दक्ष अनि सबल समाज निर्माण कार्यम संलग्न छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.