मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने

<p>काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका छन् । उनले स्थायी कमिटीको सर्वसम्मत निर्णय र सचिवालयको निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् । मंगलवारको बैठकमा भने यसबारे कुनै निर्णय नभएको उनले बताए । ‘मन्त्रिपरिषद् पुनर्गठन छिटोभन्दा छिटो हुन्छ, यसबारे अस्ति भनेकोबाहेक मसँग अरू जवाफ छैन,’उनले भने । [&hellip;]</p>

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका छन् । उनले स्थायी कमिटीको सर्वसम्मत निर्णय र सचिवालयको निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् ।

मंगलवारको बैठकमा भने यसबारे कुनै निर्णय नभएको उनले बताए । ‘मन्त्रिपरिषद् पुनर्गठन छिटोभन्दा छिटो हुन्छ, यसबारे अस्ति भनेकोबाहेक मसँग अरू जवाफ छैन,’उनले भने ।

आइतवार बसेको बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो । यसका लागि विभिन्न मापदण्डबारे सुझाव आएको प्रवक्ता श्रेष्ठले बताएका थिए ।

Share News