सानिमा बैंकको क्रेडिट कार्डकाे लागि अनलाईनबाटै आवेदन दिन सकिने

<p>काठमाडौं । सानिमा बैंकले अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले मंगलबारदेखि लागु हुने गरी अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेभसाइटमा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले मंगलबारदेखि लागु हुने गरी अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेभसाइटमा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्नेछन् । फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएको बारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराइने बैंकले जनाएकाे छ ।

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने बैंकले जनाएको छ ।

सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।

 

Share News