दशैंमा ट्याक्सीमै घर, बुकिङ खुल्ला

  २०७७ असोज ५ गते १७:५६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले नागरिक त्रसित छन् । चाडपर्व नजिकिदै गर्दा दशैंमा कसरी घर जाने भन्ने चिन्ता पनि उतिकै छ । सार्वजनिक सवारी साधन र हवाई उडान सेवा सञ्चालन भएपनि सर्वसाधारणहरुलाई कोरोना लाग्छ कि भन्ने डर पनि छ ।

आम नागरिकको यही डर त्रास र सुरक्षित यात्रा गर्नको लागि इजी ट्याक्सी नेपाल एपले नयाँ सेवा तथा सुविधा ल्याएको छ । कोरोना भाइरसको महामारीका बिचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भइरहेको बेला इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको हो ।

इजी ट्याक्सी नेपाल विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित तरिकाले संचालन गर्नको लागि काम गरिरहेको छ । इजी ट्याक्सीको चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घरजाने सुबिधा सहितको बुकिङ्ग खुला गरेको हो ।

अब घर जान चाहने मानिसले इजी ट्याक्सीको बुकिङ गरेर सुरक्षित किसिमले घर जान सक्नेछन् । एपमार्फत नै यात्रुले आफूले चाहेअ नुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन् ।

अहिलेको विषय परिस्थितीमा इजी ट्याक्सी नेपालले दशैंमा घरजाने नागरिकलाई सुरक्षित रुपमा यात्रा गराउने उद्धेश्यले इजी ट्याक्सी नेपाल एपमार्फत बुकिङ्ग खुला गरेको संस्थाका अध्यक्ष संजीत पौडेलले बताए ।

जसअन्तरगत इजी ट्याक्सी नेपाल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरि दर्ता गर्न सकिने उनले बताए । कम्पनीले नेपालमा नै पहिलो पटक इजीट्याक्सी नेपाल एपमार्फत ट्याक्सी बुकिङ्ग गर्न सकिने सुबिधा ल्याएको उनको भनाई छ ।

‘कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन्, हामीले ट्याक्सीमार्फत सहजरुपमा सुरक्षित र स्वस्थ्यरुपमा दशैंमा मानिसहरु घर जानसकुन भनेर यो नयाँ सेवा शुरु गरेका हौं, यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौं,’ पौडेलले भने ।

यसको लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको बिबरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । सो म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ्ग सुनिश्चित गर्नेछ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्र्याक गर्न सकिने सुबिधा रहेको छ ।

इजी ट्याक्सी नेपाल एपमा आबद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ भने सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । यसका साथै इजी ट्याक्सी नेपाल एपमार्फत यात्रा गर्ने ट्याक्सीका यात्रुहरुको बीमा समेत गरिएको छ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्रुरुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गर्न र आरामदायी यात्रा गर्न सक्नेछन् ।

इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढि ट्याक्सीहरु संचालनमा रहेका छन् । यसका साथसाथै यस सेवालाई डिजिटल प्रविधिमा लानका लागि माछापुच्छ«े बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौता समेत गरिसकेको छ ।

सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुबिधा लिन सक्नेछन साथै अन्य सेवाग्राहीले भने एप डाउनलोड गर्नुपर्नेछ । भाडा भने सरकारले तोके बमोजिम नै हुने पौडेलले बताए । उनका अनुसार प्रतिकिलो मिटर ३९ रुपैयाँदेखि ६० रुपैयाँसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.