२०७७ असोज ५ गते १६:२२ विकासन्युज
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ७ हजार ४ सय ३ जना रहेका छन् भने आजसम्म ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १००५ जना निकाे भएसँगैं हालसम्म ४७ हजार २ सय ३८ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा १६ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ४२७ पुगेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.