विद्यार्थीले एआईमा माइक्रोडिग्री र कम्प्यटर ईन्जिनियरिङ्गमा स्नातक डिग्री पाउने, पीसीपीएस कलेजले ल्यायाे नयाँ कार्यक्रम

  २०७७ असोज २ गते १८:४०     विकासन्युज

काठमाडाैं । पीसीपीएस कलेजले बीएससी (आनर्स) कम्प्युटर साइन्स एवं सफ्टवेयर इन्जीनिरीङ्गका साथै एआईमा माइक्रोडिग्री पनि प्रदान गर्ने गरी नयाँ कार्यक्रम शुरु गरेको हो । फ्युजमेशिन्सको सहकार्यमा शुरू गरिएकाे उक्त कार्यक्रम आर्टफिशियल इंटेलिजेन्स (एआई) को सिकाईको लागी माइक्रोडिग्री टिएम कार्यक्रम एक तत्वरीक शिक्षण कार्यक्रम हो ।

यो कार्यक्रम अमेरीकाका अग्रणी विश्वविद्यालयहरुका प्राध्यापकहरु र आर्टफिशियल इंटेलिजेन्स (एआई) उद्योगमा संलग्न विषेशज्ञहरुद्वारा तयार पारिएको हो । मेशिन लर्निङ्ग (एमएल) डिप लर्निङ्ग (डीप लर्निङ)को मुख्य उद्देश्य स्नातक डिग्रीको साथै आर्टफिशियल इंटेलिजेन्स (एआई) मा दक्ष बनाउनु हो । यस साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीले बीएससी (आनर्स) कम्प्युटर साइन्स एवं साफ्टवेयर इन्जीनिरीङ्ग को साथ साथै फ्युजमेशिन्सको आर्टफिशियल इंटेलिजेन्स (एआई) मा माइक्रोडिग्री पनि प्राप्त गर्ने छन् ।

माइक्रोडिग्री कोर्ष विश्वव्यापी प्रविधी उद्योगको परिर्वतनशील माग र आवश्यकतालाई ध्यानमा राखेर डिजाईन गरिएको कोर्ष हो, फ्युजमेशिन्सका संस्थापक तथा सिइओ प्रा. डा. समीर मास्के भन्छन्- ‘नेपाल र विश्वभर एआई ईन्जिनियरहरुको बढ्दो माग पुरा गर्नाकोलागी कलेज र विश्व विद्यालयहरुले एआई कोर्ष समावेश गर्न आवश्यक छ । तर्सथ हामी पीसीपीएस कलेजसगँ यो कदम चालेर निकै सकारात्मक ढंगबाट अगाडी बढेका छौं ।’

‘यस साझेदारी अन्तर्गत विद्यार्थीहरुले एआईमा माइक्रोडिग्री कोर्षको साथै कम्प्यटर विज्ञान र सफ्टवेयर ईन्जिनियरिङ्गमा स्नातक डिग्री प्राप्त गर्नेछन् । दुई उन्नत पाठ्यक्रमहरु मेशिन लर्निङ्ग र डिप लर्निङ्ग माइक्रोडिग्रीकाे हिस्साको रुपमा प्रस्ताव गरिएको छ । यो पुरा भएपछि, हामीले विद्यार्थीहरुलाई ईन्टर्नसीप र प्लेसमेन्टकोलागी थप सहयोग गर्नेछ ।’, पीसीपीएस कलेजका अध्यक्ष पंकज जालानले बताए ।

युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायतबाट सम्वन्धन प्राप्त ‘पीसीपीएस कलेज’ले स्नातक स्तरको विएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन बिजनेस एडमिनिष्ट्रेसन कार्यक्रमहरु अध्ययन अध्यापन गराउँदै आएको छ । टाइम्स युकेको रैकिङ्क अनुसार १३० वर्ष पुरानो युनिभर्सिटि अफ बेडफोर्डसायर विश्वको उत्कृट १००० विश्व विद्यालय मध्य एक हो । यो विश्व विद्यालयमा १२० मुलुकको २२ हजार विद्यार्थी अध्ययनरत छन् ।

यो विश्व विद्यालयको कार्यक्रमहरु चीन र भियतनाम लगायत मध्य पुर्व, युरोप, दक्षिण पुर्व एशिया लगायतका अन्य देशहरुमा संञ्चालित छ । यो विश्व विद्यालयबाट अध्ययन गरेका ९२ प्रतिसत विद्यार्थीहरुले ६ महिनामै काम गर्न थाल्छन वा उच्च अध्ययन तिर लाग्छन् ।

आर्टफिशियल इंटेलिजेन्स(एआई) र मेशिन लर्निङ्ग(एमएल)मा ज्ञान र सीप भएका जनशक्तीको विश्व भरी नै ठुलो माँग रहेको छ । कृतिम बुद्धिमताले विश्वव्यापी अर्थतन्त्रलाई रुपान्तरीत गर्ने भएको हुनाले एआईमा दक्ष जनशक्ती संसार भरी नै उच्च प्राथमिकतामा पर्ने गरेका छन् । तथ्याकं अनुसार एआईमा दक्ष जनशक्तीको माग विगत तिन वर्षमा दोब्बर भएको छ भने रोजगार पोस्टिङ्गहरु ११९ प्रतिशतले वृद्धि भएको छ । अर्थात यी विषयहरुमा दक्षता हासिल गरेका व्यक्तिहरुले आफुलाई सजिलै बजारमा स्थापित गर्नसक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.