आईतबार उपत्यकामा एकैदिन थपिए १७२ जना कोरोना संक्रमित

  २०७७ साउन ३२ गते १६:३६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको १२९, ललितपुरको ३८ र भक्तपुरको ८ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १५७०, ललितपुरमा २६८ र भक्तपुरमा १३२ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १९६७ पुगेको छ।

आज देशभर ६ सय ४१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.