अब बानेश्वर, शंखमूल र बिजुलीबजार क्षेत्रमा यी ७ व्यवसाय गर्न नपाइने

<p>काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै विभिन्न ७ प्रकारका गतिवधि संचालन गर्न रोक लगाएको छ। महानगरका धेरै जनामा कोभिड संक्रमण देखिएको भन्दै वडाले अर्को सूचना जारी नभएसम्मका लागि यी गतिविधि बन्द गराएको जानकारी दिएको हो। १० नम्बर वडामा नयाँ बानेश्वर, मध्यबानेश्वर, थापागाउँ, शंखमूल, बिजुलीबजार र बुद्धनगरलगायतका [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै विभिन्न ७ प्रकारका गतिवधि संचालन गर्न रोक लगाएको छ।

महानगरका धेरै जनामा कोभिड संक्रमण देखिएको भन्दै वडाले अर्को सूचना जारी नभएसम्मका लागि यी गतिविधि बन्द गराएको जानकारी दिएको हो। १० नम्बर वडामा नयाँ बानेश्वर, मध्यबानेश्वर, थापागाउँ, शंखमूल, बिजुलीबजार र बुद्धनगरलगायतका क्षेत्र पर्छन्।

यी हुन् बन्द रहने व्यवसाय:
१. फुटपाथ पसल
२. मठ मन्दिर नित्य पूजा बाहेक अन्य पूजापाठ
३. कवाडी संकलन कार्य
४. चिया,पान र मदिरा पसल
५. जिम हल
६. सैलुन र ब्युटी पार्लर
७. अन्य भिडभाड हुने सबै प्रकारका व्यवसाय बन्द

Share News