काठमाडौं उपत्यकामा थप ९८ जनामा देखियो कोरोना

  २०७७ साउन ३१ गते १६:२७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ८०, ललितपुरको ९ र भक्तपुरको ९ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १४४१, ललितपुरमा २३० र भक्तपुरमा १२४ संक्रमित पुष्टि भएका छन् ।

योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १७९५ पुगेको छ।

आज देशभर ४ सय ६८ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.