त्रिविमा अत्यावश्यक बाहेकका सेवा स्थगित

  २०७७ साउन २६ गते १०:२३     विकासन्युज

काठमाडौं ।  कोभिड-१९ को संक्रमण फैलिएको भन्दै त्रिभुवन विश्वविद्यालयले तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ। त्रिविले आईतबार सुचना जारी गर्दै तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने बताएकाे हाे ।

सुचनामा त्रिविले आफु अन्तर्गतका कार्यालयलाई आंशिक रुपमा सञ्चालन गर्न तथा सोही अनुसार कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएकाे छ । यस्तै आफ्नो कार्यालय रहेको ठाउँमा स्थानीय प्रशासनले लकडाउन गरेमा त्यस्ता कार्यालयको सम्पूर्ण काम बन्द गर्ने त्रिविले उक्त सुचना उल्लेख गरिएकाे छ ।

यद्यपी शिक्षक तथा कर्मचारीले हाजिर भने कार्यलयमं उपस्थित भएर गर्नुपर्ने र अनलाईन कक्षा सहभागी शिक्षकलाई भने सोही कक्षालाई नै हाजिर मान्ने व्यवस्था गरिएकाे त्रिविले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.