काठमाडाैं । काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।संक्रमितहरु काठमाडाैंकाे ९० र ललितपुरकाे २ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ९१२ ललितपुरमा १३९ र भक्तपुरमा ८५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ११२८ पुगेको छ ।
शनिबार देशभर ३८० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।