राष्ट्रिय खेलकुद परिषद कार्यवाहक सदस्य सचिवमा ढकाल, सिलवाल पदमुक्त

  २०७७ असार २२ गते १७:३१     विकासन्युज

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदकाे कार्यबाहक सदस्य सचिवको जिम्मेवारी सहसचिव भक्तराज ढकालले पाएका छन्। युवा तथा खेलकुद मन्त्रालयले ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएकाे हाे ।

याेसँगै परिषदका सदस्य सचिव रमेश सिलवाल पदमुक्त भएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सिलवाल पदमुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.