महासंघको माइन्युटमा लेखियो चण्डी ढकाल विरुद्दको खेद प्रस्ताव

  २०७७ असार ११ गते १३:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालविरुद्ध पारित भएको खेद प्रस्ताव माइन्यूटमा लेखिएको छ । यसअघि महासंघका पदाधिकारीहरुबीच जुम मिटिङमा मात्रै सिमित निर्णय अब माइन्युटमा लेखिएकाे हो ।

ढकालले महासंघकी अध्यक्ष भवानी राणालाई सार्वजनिक रुपमै अपशब्द बोलेको भन्दै उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव गरेका थिए । उनले गरेको खेद प्रस्ताव माथि निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अध्यक्ष भवानी राणाले समर्थन जनाएका थिए ।

योसँगै अब ढकालमाथि नैतिक रुपमा प्रश्न उठेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.