विपत्तीलाई जित्न खोजौ बिकल्प

  २०७७ असार ८ गते ९:१६     सेबिका सुवेदी

जीवनको परिभाषा सोध्ने हो भने हरेकले आ–आफ्नै किसिमको उत्तर दिन्छन । जस्ले जस्तो भोग्यो उसले जीवनलाई त्यसरी नै परिभाषित गर्दछन् । साच्चै जीवन भोगाईहरुको प्रतिबिम्ब हो । जन्म र मृत्युबीचको छोटो अवधि जहाँ धेरै संर्घष, दुःख, पिडा अनि ती नै पिडा भित्र लुकेको थोरै खुसी यी सबैको साझा थलो जीवन हो । जीवन एक रङ्गमञ्च जहाँ हरेक पात्रले आ–आफ्नो अभिनय कुशलतापूर्वक निर्वाह गर्छन, निर्देशकले तोकिदिएको समयावधि समाप्त हुन्छ सबै आ–आफ्नै गन्तव्यमा फर्कन्छन । त्यस्तै नै हो हरेकको जीवन । यहि जन्म मृत्युबीचको छोटो अवधि यसै बीच मान्छेले अनेकौ अवरोधहरुको सामना गर्नु पर्छ ।

जब मान्छेले सोचेको, इच्छाएको र खोजेको भन्दा विपरित अवस्था आउँछ त्यो नै विपत्ती हो । विपत्तीले नै मान्छेलाई सर्घष गर्न सिकाउँछ । विकल्पको बाटो पहिचान गराउँछ, यो एक युद्ध हो सक्षमले विपत्तीलाई जितेर अगाडी बढछ, विजय प्राप्त गर्छ कमजोरले जीवन समर्पण गर्छ । यो सृष्टिमा अनेक प्रकारका जीवाणुदेखि लिएर किटपतङ्ग, प्राणी वनस्पति सबैको आ–आफ्नै अस्तित्व विद्यमान हुन्छ । जसमध्ये सर्वश्रेष्ठ प्राणी हामी मानव सृष्टिकै अनुपम रचना हौ । सायद मनुष्य जीवन अथक प्रयत्न र संघर्ष पछि जो कोहिलाई मिल्न सक्छ तर जीवनको महत्व नबुझेर कतिले विपत्तीको सामना गर्नु भन्दा जीवन नै त्याग गरिदिन्छन । कति बाँच्ने संर्घष गर्दा गर्दै पनि सुरक्षा, उपचार र गाँस बासको अभावकै कारण मृत्युवरण गर्न बाध्य हुन्छन । यसैबीच मान्छेले स्वार्थको चरम सिमा नाघेर अथाह फाइदा लिने प्रयत्न पनि गरिरहेका हुन्छन । घुस, कमिसन,चोरि, डकैत आदी घिनलाग्दा घटना पनि यसैबीच घटिरहेका हुन्छन । ठूलो, सानो, तेरो, मेरोको लडाई घर, परिवार, समाज, राष्ट्र र अन्तराष्ट्रिय रुपमा मौलाएका खबरहरुले साँच्चै मानवमा पशुवत व्यबहारको घिनलाग्दो पक्ष उदाङ्गो भएको महसुश हुन्छ । “मै खाउँ मै लाउँ सुख सयल मोज म गरौं” उक्ति अनुरुप निर्धो र कमजोर माथि जहाँ कहि शोषण, दमन, अत्याचार हिंसा हत्या, बलत्कार भ्रष्ट्राचारका घटनाले मानवता हराएको भान हुन्छ । धनी र गरिब बीचको दूरी बढदो छ । फलस्वरुप विपतको समय घरबार विहिन, ज्याला मजदुरीमा जीविकोपार्जन गर्दै आएका अधिकांस मानिसको जनजीवन कष्टकर बन्दै गएको छ ।

लेखक

मानव विकासको क्रमलाई फर्केर हेर्दा विभिन्न समयमा अनेक प्रकारका प्राकृतिक तथा कृतिम विपत्तीको सामना मानव जातीले भोग्दै आएको देखिन्छ । प्लेग,दबिफर,दएड्स, इबोला, स्वाइन फ्लु हुँदै हाल सन २०१९ को अन्त्यमा चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक मान्छेमा देखिएको कोरोना भाईरस (कोभिड १९) ले विश्वका अधिकांश देशमा कब्जा जमाई सकेको छ । विश्वका शक्ति राष्ट्रहरु दिनरात औषधि, भ्याक्सिनको अनुसन्धान गरिरहेका छन् तर सफल हुन सकेका छैनन् । विज्ञान र प्रविधिको क्षेत्रमा उलेख्य प्रगति हाँसिल गरेका राष्ट्रहरु पनि कोभिड १९ संग हार खाएको देखिन्छ । हालसम्म विश्वमा ९० लाख भन्दा बढीमा संक्रमण भएकाे छ । साढे तीन लाख भन्दा बढि मानिसले ज्यान गुमाई सकेका छन । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । विश्वको स्वास्थ्य र आर्थिक क्षेत्रमा ठूलो चुनौती देखापरेको छ । साथै सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा पनि नकारात्मक असर थपिदै गएको छ । विश्व स्वास्थ्य संगठनले ३० जनवरी २०२० मा विश्व महामारीको घोषणा गरेसंगै धेरै राष्ट्रहरु बन्दाबन्दीको अवस्थामा छन्। औषधी, भ्याक्सिन तयार नभएसम्म सुरक्षा अपनाउनुको विकल्प छैन ।संगै लगडाउनले आर्थिक क्षेत्रमा पुर्याएको असरका कारण गरीव, विपन्न वर्ग, मजदूर भोकमरीको चपेटामा पर्न थाली सकेका छन् । विगतका महामारीको अवस्थालाई हेर्दा कोरोनाको अन्त्य त्यतिछिटो र सजिलो देखिन्न । भाईरसले आफ्नो स्वरुप फेरिरहने र अझ सुक्ष्म रुपमा गति बढाई रहेको कारण यसको उपचार जटिल बन्दै गएको बैज्ञानिकहरुले बताईरहेका छन । यस्तो अवस्थामा हरेक व्याक्तिले व्यक्तिगत सुरक्षा अपनाएर स्वस्थ जीवन जीउने कला सिक्नु अत्यावश्यक देखिन्छ ।

अन्य देशहरुको अवस्थालाई हेर्दा अझसम्म नेपालको अवस्था त्यति भयावह छैन । तर केहि दिन यतातिव्र रुपमा बढेको संक्रमितको संख्या हेर्दा ढुक्क हुने अवस्था देखिन्न । पूर्वमा झापा देखि पश्चिम कञ्चनपुर र तराईका जिल्लाहरुमा बढेको संक्रमण हेर्दा भित्र भित्रै भूसको आगो झै सल्किएको अनुमान गर्न सकिन्छ । थोरै मात्र हेलचेक्र्याई गर्ने हो भने स्थिति भयावह हुने अवस्था आउन सक्छ । कमजोर स्वस्थ्य सेवा औषधि उपकरणकाबीच सम्हाल्न गाह्राे हुनेछ । निरन्तरको बन्दाबन्दीले देशभित्र र बाहिर रहेका हजारौ जनताको जीवन कष्टकर भैसकेको छ । विभिन्न देशबाट नेपाल फर्कन चाहनेहरुले हारगुहार गरिरहेका छन् । यस्तो अवस्थामा सरकारले सुरक्षित साथ क्वारेन्टाईन, स्वास्थ्य सेवा सुविधाको प्रबन्ध गरी अति पिडामा रहेका जनतालाई यथासिघ्र फर्काउनु पर्ने हुन्छ । तर केहि समय देखि तराईका जिल्लामा भारतबाट लुकीछिपि नेपाल प्रवेश गरेकाहरुद्धारा तराईमा संक्रमण बढेको अनुमान गर्न सकिन्छ । यस्तो अवस्थालाई हेर्दा केहि समय जो जहाँ छौ त्यहि रहेर बाँच्ने प्रयत्न गरौ भन्नु पर्ने बाध्यता पनि सँगै छ ।

हाम्रो देश प्राकृतिक सम्पदाको धनी, ऋषि माहात्माहरुले साधना गरेको तपोभूमि, धर्म संस्कार संस्कृतिले सजिएको अनेकौ मठ, मन्दिर देवालय रहेको दिव्यभूमि । यहि माटोमा जन्मिएका हुर्किएका हामी नेपाली हाम्रो प्राकृतिक जीवन शैलीले पनि हामीलाई केहि बलियो बनाएको छ । हामी सामान्य रोगलाई जडिबुटिको प्रयोग र खानपानले मात्र पनि काेराेनाला जित्न सक्छौ ।

हरेक कुराको सुरु छ त अन्त्य पनि अवश्य हुन्छ, कोरोनाको अन्त्य पनि हुनेछ तर कहिलेसम्म भन्न सकिन्न । कोरोना मात्र होईन समयसँगै अनेक प्रकारका विपत आउँछन तीनको सामना गर्न सिक्नु पर्दछ । विपतले केहि चुनौती सिर्जना गरेता पनि केहि अवसरहरु पनि पक्कै दिएको हुन्छ । हाम्रो देश प्राकृतिक सम्पदाको धनी, ऋषि माहात्माहरुले साधना गरेको तपोभूमि, धर्म संस्कार संस्कृतिले सजिएको अनेकौ मठ, मन्दिर देवालय रहेको दिव्यभूमि । यहि माटोमा जन्मिएका हुर्किएका हामी नेपाली हाम्रो प्राकृतिक जीवन शैलीले पनि हामीलाई केहि बलियो बनाएको छ । हामी सामान्य रोगलाई जडिबुटिको प्रयोग र खानपानले मात्र पनि जित्न सक्छौ । त्यसकै प्रतिफल भनौ विकशित देश जहाँ स्वास्थ्य सेवा सुविधाको राम्रो प्रबन्ध हुँदाहुदै पनि हजारौले ज्यान गुमाईरहेका छन, तर हामी कहाँ लक्षण नै नदेखिई कोरोना पोजेटिभ देखिएका छन् । संक्रमितहरु पनि छोटो समयमा ठिक भएर फर्किएका छन् ।

यसैबीच नेपालमा धेरै प्रकारका अवसरहरुको सिर्जना भएको छ । माहामारीको अन्त्यसँगै देशले नयाँ रणनीतिका साथ अगाडी बढनु पर्ने देखिन्छ । आज सारा विश्वको ध्यान विकशित राष्ट्रहरुले कहिले भ्याक्सिन पत्ता लगाउछन भन्ने तर्फ केन्द्रित छ । हाम्रो देशको २१ प्रतिशत भूभाग ओगटेको हिमाली प्रदेश औषधि जडिबुटिको भण्डार हो । यहि समयमा राज्यले यी जडिबुटिको अनुसन्धान तथा परिक्षण कार्यलाई बढावा दिएर अथाह फाईदा लिने समय आएको छ । देशको अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगटेको कृषिबाट हाल ३१ प्रतिशत मात्र कुल ग्राह्स्थ उत्पादनमा योगदान रहेको परिप्रेक्ष्यमा कृषिमा आधुनिकिकरण , व्यवसायिकरण तथा बजारीकरणलाई प्राथमिकता दिनु पर्ने समय आएको छ । जापान कोरिया जस्ता देशबाट कृषि क्षेत्रमा आवश्यक सिप र दक्षता हाँसिल गरेर फर्किएका युवा जनशक्तिको प्रयोग साथै खाडीमा बगाएका युवाको श्रम यहि माटोमा लगाई अर्थतन्त्रले फड्को मार्ने बेला भएको छ ।

हाम्रो पूर्वीय संस्कारको अनुशरण विश्वभर भईरहेको अवस्थामा हामीले हाम्रो संस्कारको जर्गेना गर्दै, योग ध्यानका विधिहरुलाई विश्वव्यापीकरण गरी अथाह फाईदा लिने मौका मिलेको छ । आज ह्वाईट हाउसमा वेदका ऋचा पाठ भईरहेको बेला, नासाले संस्कृत भाषालाई व्रह्माण्डको भाषा मान्दै अनुसन्धानमा प्रयोग गरिरहँदा, संस्कृत सिकाईका जोड दिइरहेको बेला हामी भने एउटा भाषालाई जाती धर्मसँग जोडेर तेरो मेरोको लडाई लडिरहेका छौ ।

साना तथा लघु उद्योगलाई प्राथमिकता दिँदै शहर केन्द्रित जनशक्तिलाई गाउँ फर्काउने समय आएको छ । स्थान विषेश उत्पादन, व्यवसाय र बजारीकरणको राम्रो प्रबन्ध गरी स्थानीय स्तरमा नै रोजगारीको सिर्जना गर्नु अत्यावश्यक छ । त्यसै गरी हाम्रो पूर्वीय संस्कारको अनुशरण विश्वभर भईरहेको अवस्थामा हामीले हाम्रो संस्कारको जर्गेना गर्दै, योग ध्यानका विधिहरुलाई विश्वव्यापीकरण गरी अथाह फाईदा लिने मौका मिलेको छ । आज ह्वाईट हाउसमा वेदका ऋचा पाठ भईरहेको बेला, नासाले संस्कृत भाषालाई व्रह्माण्डको भाषा मान्दै अनुसन्धानमा प्रयोग गरिरहँदा, संस्कृत सिकाईका जोड दिइरहेको बेला हामी भने एउटा भाषालाई जाती धर्मसँग जोडेर तेरो मेरोको लडाई लडिरहेका छौ । अब समय भएको छ हरेक जात जाती, भाषा ,संस्कार संस्कृतिको जर्गेना गर्ने ,प्रवद्धन गर्ने । साथै हाम्रा पूर्वजहरुले सिकाएको, अपनाएको सरल जीवनशैली, अर्गानिक उत्पादनमा जोड, प्रकृतिको संरक्षण, प्राकृतिक भोजन, जडिबुटिको प्रयोग, सात्विक भोजन, योग ध्यान, साधनालाई नित्य र निरन्नतरता दिनु आजको आवश्यकता रहेको छ । हामी आवश्यकता भन्दा धेरै भौतिकवादी आधुनिक बनेर विर्सिएका हाम्रा परम्परा रितीरिवाज, संस्कार संस्कृतिलाई पुनः अवलम्वन गर्न सुझाएको छ,ब्युँझाएको छ कोरोनाको कहरले । हाम्रो नेपालीपन यहाँको माटो,पानी यहाँको हरेक संस्कार भित्र लुकेको अथाह शक्तिले हामीलाई मजबुत बनाउने छ । कोरोना जस्ता विषाणुसँग लडन सक्ने शक्ति सामर्थ्य हामी आफैले सिर्जना गर्न सक्छौ सञ्चय गर्न सक्छौ । आज भौतिकताको चरम उपलब्धि हासिल गरेका राष्ट्रका नागरिक आध्यात्मिक चिन्तनको खोजिमाछन । यसैबीच अध्यात्म विज्ञान भौतिक विज्ञान भन्दा शक्तिशाली भएको पुष्टि गर्ने पालो आएको छ । हरेक क्षेत्रमा परनिर्भर रहने हाम्रो बानीका कारण आफूसँग भएका अथाह सम्भावनालाई देखेका छैनौ, चिनेका छैनौ तर अब पालो आएको छ । अब पनि गरेनौ भने समयले धिकार्ने छ । अति भोग, अति महत्वकांक्षा, विलासिता, भौतिकता र प्रकृति माथिको अत्याचारको प्रतिफल स्वरुप हामीले भोग्दै आएका हरेक विपत्तिले केहि न केहि ज्ञान दिएकै छन तर बारम्बार हामी बुझपचाईरहेका छौ पुन सारा मानव जातीलाई कोरोनाले मानब भएर बाँच्न सन्देश दिएको छ । सामूहिक सहकार्य र विश्वबन्धुत्वको भावना जागृत गराएको छ ,यसैबीच समभाव र सम्मान भावका साथ सत्कर्म गर्दै विपत लाई जितेर देशलाई समृद्धिको बाटोमा लैजाने समय भएको छ ।

(यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक)

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.