विश्व महामारीले खोलिदिएको अवसरको मूलबाटो

  २०७७ असार २ गते ९:१०     मुक्तिनाथ खनाल

पृष्ठभूमि

कोभिड १९ नामक भाइरसका कारण उत्पन्न महामारीले विश्वअर्थराजनीति, भूराजनीति र विश्वव्यापीकरणका क्षेत्रमा फेरबदल आउने प्रष्ट संकेत देखिन थालेका छन् । यो महामारीले चुनौतीको चाङ मात्रै थपेको छैन, प्रर्याप्त मात्रामा अवसरका ढोका पनि खोलिदिनेछ । चुनौतीसँगै आउने अवसरलाई हरेक देशले आ(आफनो अनुकुलतामा उपयोग गर्न सक्दा समृद्धिको शिखर चुम्न धेरै समय लाग्दैन । संसारको शक्तिशाली आतंककारीको रुपमा देखा परेको कोरोना भाइरसले स्वास्थ्य क्षेत्रको लगानीको सहि बिश्लेषण गरी अगाडि बढने नीति,योजना र कार्यक्रम बनाउन पर्याप्त धरातल खडा गरिदिएको छ ।

दिन दुई गुणा, रात चारगुणाका दरले बढीरहेको भाइरसको संक्रमणले विश्वव्यापी संकट निम्तिएको छ । महामारीवाट वच्न हाल सम्म खोप तथा औषधि बनेको छैन । व्यापार, व्यवसाय ठप्प पारेर आफनो र अरुको सुरक्षाका लागि घर भित्र बस्नु परेको छ । एकातर्फ तिव्र रुपमा वेरोजगारी वढेको छ भने अर्कोततर्फ सिमित उत्पादनले महङ्गी वढ्न थालेको छ । अवका केहि बर्ष महामारीले पुरयाएको क्षतिको पूर्ति गर्न लाग्नेछ ।

चीनको हुवान प्रान्तमा ३० डिसेम्बर २०१९ मा सामान्य रूघाखोकी र निमोनियाको लक्षणको रूपमा पहिलो पटक देखा परेको यो भाइरस कारण विश्वव्यापी महामारी फैलिएको घोषणा विश्व स्वास्थ्यसंगठनले २०२० मार्च ११ मा गरेको हो । भाइरस संक्रमित व्यक्तिको खोकी, हाछ्यु, सामान्य स्पर्ष र छोएको सामानवाट सहजै एक मानिसबाट अर्को मानिसमा सर्न सक्ने यहि भाइरसका कारण संक्रमित व्यक्तिको मृत्यु समेत हुने गरेको छ । लाखौ व्यक्तिको ज्यान लिएको यो भाइरसका कारण मानिसलाई मानसिक रोगी समेत बनाएको छ र त्यहि मानसिक रोगका कारण आत्महत्याका घटना देखिन थालेका छन् । यो भाइरसले मानिसलाई भौतिक र मानसिक रुपमा मात्रै कमजोर बनाएको छैन, मानिसका आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक/सांस्कृतिक गतिबिधिलाई पनि ठप्प बनाइदिएको छ ।

कोरोना भाइरस र यसवाट लाग्ने रोगको प्रकृति

लेखक

यो भाइरस ३० डिसेम्बर २०१९ मा देखा परेको भएता पनि चीनमा यसको अत्यधिक प्रकोप भने १०–२२, जनवरी २०२० मा देखियो । चीनमा यो रोगको रिपोर्टिङ्ग सबै भन्दा बढी २३–२७ जनवरी २०२० मा भयो । चीनमा १ फेबुरवरी २०२० बाट भाइरसको संक्रमण दर कम हुँदै गएको छ । विश्वका अन्य मुलुकमा भने यो भाइरसको संक्रमण दर बढ्दै गएको छ । चीनको हुवान प्रान्तको एक मुख्य अस्पतालको तथ्याङ्कलाई हेर्दा जनवरी २०२० अन्त्यतिर प्रति दिन ५०० भन्दा बढी संक्रमित मानिस अस्पताल आउथे भने फेब्रुअरी २०२० को तेस्रो हप्तामा यो संख्या प्रतिदिन ५० जनामा झरेको थियो । अहिले चीनमा करिव शुन्य संक्रमित दर छ । उता अमेरिका, युरोप लगायतका मुलुक अहिले सबैभन्दा बढी संक्रमित र मृत्युदर भएका देशमा परिणत भएका छन । आजको दिनमा सबै भन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा छ भने इटली, स्पेन, फ्रान्स, बेलायतमा संक्रमित र मृत्युको संख्या बढिरहेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु (आरएनए) हो जसलाई वोसो (लिपिडरफ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषद्वारा अवशोषित गर्दा, तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । विघटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ । यो भाइरस धेरै कमजोर हुन्छ तर वोसो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । मानिसले करिव २० सेकेन्ड भन्दा बढी समय लगाएर हात रगड्दा सावुनमा रहेका रसायनले बोसोको सतहलाई भंग गर्छ जसले प्रोटीन अणु फैलिन्छ, आफैंमा बिच्छेद गर्दछ र क्रियाशिल रही रहँदैन ।

यो रोगबाट प्रभावित तथ्याङ्कलाई हेर्दा २ दिन देखि १०० वर्षका मानिसमा भाइरसको संक्रमण देखिएको छ । करिव ७८ प्रतिशत प्रभावित ३०–६९ वर्ष उमेर समूहका छन भने चीनको हुवेइमा मात्र ७७ प्रतिशत प्रभावित छन । यस रोगबाट प्रभावित मध्ये २२ प्रतिशत जति कृषक र मजदूर छन । यो भाइरसको संक्रमणका कारण ६० वर्ष माथिका उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासपश्वास, दम रोगका विरामीको मृत्यु दर उच्च छ । बालबालिका र २० वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण ज्यादै न्यून छ । यो उमेर समूहमा यो रोग देखा परेका मध्ये पनि २.५ प्रतिशतमा मात्रै अलिक जटिल प्रकारको प्रभाव परेको पाइएको छ । यस समूहमा पर्नेको मृत्यु दर भने ०.२ प्रतिशत छ । जति उमेर बढ्दै गयो त्यति नै यो रोगको संक्रमण दर पनि बढेको पाइएको छ र मृत्यु दर पनि सोहि बमोजिम बढ्दै गएको अनुसन्धानबाट देखिएको छ ।

महिलामा भन्दा पुरूषमा हुने संक्रमण र मृत्यु दर बढी छ । पुरूषमा मृत्यु दर ४.७ प्रतिशत र महिलामा २.६ प्रतिशत छ । पेशागत रूपमा हेर्दा अवकास प्राप्त मानिसको मृत्युदर सबै भन्दा बढी अर्थात ८.९ प्रतिशत छ भने कुनै पनि दीर्घ रोग नलागेकाको मृत्यु दर १.४ प्रतिशत मात्र छ । त्यस्तै मुटु रोगीको मृत्यु दर सबै भन्दा बढी अर्थात १३.२ प्रतिशत, मधुमेह रोगीको ९.२ प्रतिशत, उच्च रक्तचाप भएकाको ८.४ प्रतिशत, श्वाप्रश्वास रोगीको मृत्युदर ८ प्रतिशत र अर्वुद रोगीको मृत्यु दर ७.६ प्रतिशत रहेको छ ।

समग्रमा यो रोगको संक्रमण दर र मृत्यु दरलाई विश्लेषण गर्दा महिलामा भन्दा पुरूषमा हुने संक्रमण र मृत्यु दर बढी छ । पुरूषमा मृत्यु दर ४.७ प्रतिशत र महिलामा २.६ प्रतिशत छ । पेशागत रूपमा हेर्दा अवकास प्राप्त मानिसको मृत्युदर सबै भन्दा बढी अर्थात ८.९ प्रतिशत छ भने कुनै पनि दीर्घ रोग नलागेकाको मृत्यु दर १.४ प्रतिशत मात्र छ । त्यस्तै मुटु रोगीको मृत्यु दर सबै भन्दा बढी अर्थात १३.२ प्रतिशत, मधुमेह रोगीको ९.२ प्रतिशत, उच्च रक्तचाप भएकाको ८.४ प्रतिशत, श्वाप्रश्वास रोगीको मृत्युदर ८ प्रतिशत र अर्वुद रोगीको मृत्यु दर ७.६ प्रतिशत रहेको छ ।

महामारीको विश्वव्यापी अवस्था

सन २००३ मा देखिएको सार्स, सन २०१२ मा देखा परेको मार्स र सन २०१९ मा देखा परेको नयाँ कोरोना भाइरस एउटै परिवारका भाइरस हुन तर सार्स र मार्स मानिसबाट मानिसमा सरेको पाइएको थिएन भने यो नयाँ कोरोना भाइरस मानिसबाट मानिसमा सरेको अनुमान गरिएको छ । यी तिनवटा भाइरसको प्रभाव र मृत्यु दरलाई हेर्दा सार्स २६ वटा मुलुकमा फैलिएको थियो र यसको मृत्यु दर ९.६ प्रतिशत थियो, मार्स २७ वटा मुलुकमा फैलिएको थियो र यसबाट मृत्यु हुने दर ३४.४ प्रतिशत थियो । यो नयाँ कोरोना भाइरस ११४ वटा मुलुकमा फैलिसकेको छ भने मृत्यु दर ७ प्रतिशतको हाराहारीमा पुगेको छ ।

यो भाइरस केबाट र कोबाट शुरू भयो र अन्य मानिसहरूमा कसरी फैलियो भन्नेमा अनुसन्धानरत बैज्ञानिक निचोडमा पुग्न सकेका छैनन । कुनै पनि भाइरसबाट संक्रमित पहिलो बिमारीलाई इन्डेक्स केस भनिन्छ । पहिलो बिरामीबाट मात्र यो रोगपत्ता लगाउन सकिन्छ । तर वुहानमा फैलिएको यो भाइरसको पहिलो विरामी को हो भन्ने थाहा पाउन सकिएको छैन । यो पत्ता लगाउन नसक्नुको मूल कारण भनेको यो कोरोना भाइरस हो भन्ने पत्ता लगाउँदा धेरै वुवानबासीले ज्यान गुमाइसकेका थिए भने हजारौ मानिसमा यो रोग फैलिसकेको थियो । संसारमा आजसम्म देखा परेका अधिकांस भाइरस जङ्गली जनावरबाट आएको पाइएको छ । यो कोरोना भाइरस पनि जङ्गली जनावरबाटै उत्पत्ति भएको हो भन्नेबारेमा दुईमत छैन । तर कुन जङ्गली जनावरबाट यो भाइरस आएको हो भन्ने बारेमा भने वैज्ञानिक एकमत हुन सकेका छैनन् ।

आजसम्मको अध्ययन अनुसार ६ प्रकारका भाइरस मात्र मान्छेमा संक्रमण हुन्छन तर कोरोना भाइरस यो भन्दा फरक नयाँ प्रकारको भाइरसको रूपमा फैलिएको छ । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र र धेरै छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार यो निकै भयानक छ । यसले संक्रमण गरिसकेपछि शुरू शुरूमा रूघालाग्ने, सुख्खा खोकी जस्तै लाग्ने, उच्च ज्वरो (१००.४ डिग्री सेल्सियस भन्दा माथि) आउँने, घाँटी दुख्ने, टाउको दुख्ने, सास फेर्न अत्यधिक गाह्रो हुने, नाकबाट सिंगान बगिरहने आदि लक्षण प्रमुख रूपमा देखा पर्दछन । अध्ययनअनुसार यो रोग हावाबाट भने सरेको पाइएको छैन । यो रोग मानिसमा सर्नको लागि प्रत्यक्ष रूपमा संक्रमित व्यक्तिको रयाल, सिगान, थुक, जुठो खानेकुरा, लगाएको कपडा, स्पर्स गरेको वस्तु, आदिबाट मात्र सर्छ । मानिसको शरिरमा यसको जीवाणु प्रवेश गरेको २ देखि १४ दिन भित्र यसको लक्षण देखा पर्दछन् । यो रोगको लक्षण देखा पर्ने समय अवधि मानिसको उमेर, शरिरमा रहेको रोग प्रतिरक्षात्मक क्षमता, शरिरमा रहेका दीर्घरोगको अवस्था, खानपान आदिका कारणले फरक फरक हुनसक्छ । यो रोगको लक्षण देखा परेका मध्येमा पनि करिव ८० प्रतिशत मानिसमा सामान्य प्रभाव परेको हुन्छ र सजिलै उपचार हुन्छ । करिव १४ प्रतिशतमा अलिक कडा प्रभाव परेको पाइएको छ र अक्सिन दिएर उपचार गर्नु पर्ने हुन्छ । करिव ६ प्रतिशतमा भने अत्यन्तै जटिल हुन्छ र आइसियुमा राखेर उपचार गर्नु पर्ने हुन्छ । यो रोगबाट जटिल अवस्थामा पुगेका विरामीको शरिरका बहु अङ्ग फेल हुने सम्भावना उच्च रहेकोले यो ६ प्रतिशतको समूहमा पर्ने विरामीको मृत्यु दर पनि उच्च छ ।

कारोना सक्रमणबाट बच्ने उपाय

कोरोना रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको ब्यक्तिगत सचेतना नै हो । जब ब्यक्ति सचेत, जागरूक र सक्षम हुन्छन धेरै समस्या र जोखिम स्वत न्युनिकरण हुन्छन र समाधान पनि तुरून्तै हात लाग्छन ।सामान्यतया एक मिटरको दुरीको बीचमा यसको संक्रमण सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले बसमा यात्रा गर्दा, मानिसको भीडभाड लाग्ने बजारमा जाँदा, पसलमा जाँदा, सपिङ मल, सार्वजनिकस्थलमा हुने जात्रा, कार्यक्रम, सभास्थल लगायत मानिसको जमघट हुने क्षेत्रमा नै कोरोना चाँडै सर्ने जोखिम हुन्छ । त्यस्तै हामीले प्रयोग गर्ने मोवाइल, लिपिस्टीक, कलम, ल्यापटप, रुमाल, अरुको प्रयोग गर्ने गरेमा भाइरस सर्ने ठूलो सम्भावना र जोखिम हुन्छ । त्यस्तै बच्चालाई तेस्रो मान्छेले हत्तपत छुने गर्दा बच्चामा यो रोग सर्ने त्यत्तिकै ठूलो सम्भावना हुन्छ । पहिलो सचेतना भनेको रूघाखोकी लागेको मानिसको अगाडि नजाने हो र रूघा लागेको मानिससँग कम्तिमा एक मिटरको दूरी कायम राख्नुपर्छ । त्यसै गरी आफूलाई रूघाखोकी लागेको छ भने मास्क लगाउनुपर्छ । सामान्य मास्क लगाएर पनि अरूलाई सार्नबाट जोगाउन सकिन्छ। मास्क छैन भने कुइनोले छेकेर हाछ्युँ गर्नुपर्छ, त्यस्तो गर्न सम्भव नभए हातले छेकेर गर्नुपर्छ। तर हाछ्युँ गरी सकेपछि सकभर सावुनपानीले हात धोइहाल्नुपर्छ । सामान्य अवस्थामा पनि सबैले बेला बेलामा साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ। हात धुँदा कम्तिमा २० सेकेन्डजति सबैतिर साबुन लगाएर मिच्नुपर्छ। यसो गरे आफू र अरूलाई जोगाउन सकिन्छ। हात धुन गाह्रो भयो भने हातको सबैतिर भिज्ने गरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ तर सर्वसाधारणको लागि सेनिटाइजरको प्रयोग त्यति सम्भव छैन ।

यो भाइरसबाट सबैभन्दा बढि वृद्धवृद्धा, मुटु, मधुमेह, उच्च रक्तचाप, अर्वुध, दमका रोगीलाई जोगाउनु पर्छ। उनीहरूका अगाडि आफूले हाछ्युँ नगर्ने र सकेसम्म भीडभाडमा नजाने र नलैजाने गर्नुपर्छ । यदी जानै पर्ने भएमा सावधानीका उपाय अपनाउनै पर्छ । अनावश्यक रूपमा हात मिलाउनु हुँदैन । सकेसम्म नमस्कार गर्ने अथवा नछोइकन अरु अभिवादन गर्नु राम्रो हुन्छ । हातले मुख, नाक, आँखा छुने काम गर्नु हुँदैन र छुनै परेमा पनि छोइसकेपछि सफापानीले हात धुनु पर्दछ ।

विगतका महामारीे र तिनको प्रभाव

विश्वले आजभन्दा करिव २ हजार वर्ष अगाडि नै महामारी भोगेको इतिहास हामीसामु छ । दुई हजार वर्षको इतिहासमा विश्वले २० वटा ठूला महामारी ब्यहोरेको छ भने यसबाट लाखौं मानिसले ज्यान गुमाइसकेका छन् । विश्वमा ठूलो माहामारी पहिलो पटक सन् १६५ देखि १८०सम्म एन्टोनाइन प्लेग महामारीको रुपमा फैलिएको थियो । यसबाट करिव ५० लाख बढी मानिसको मुत्यु भएको थियो। त्यसै गरी सन् ५४१ देखि ५४२ सम्म एसिया, उतर अफ्रिका, अरेबिया र यूरोपमा जस्टिनियन प्लेग महामारी

दुई हजार वर्षको इतिहासमा विश्वले २० वटा ठूला महामारी ब्यहोरेको छ भने यसबाट लाखौं मानिसले ज्यान गुमाइसकेका छन् । विश्वमा ठूलो माहामारी पहिलो पटक सन् १६५ देखि १८०सम्म एन्टोनाइन प्लेग महामारीको रुपमा फैलिएको थियो । यसबाट करिव ५० लाख बढी मानिसको मुत्यु भएको थियो।

फैलिएको थियो। यो रोगले सबैभन्दा बढी असर रोममा परेको थियो र यसबाट ५ करोड भन्दा बढी मानिसको मुत्यु भएको बताइन्छ। यसैगरी सन् १३४७ देखि सन् १३५१ सम्म चीनमा द ब्ल्याक डेथ महामारी फैलिएको थियो । मुसाबाट झिँगा हुदैं मानवजातिमा सरेको यो महामारीबाट लाखौ मानिसको मृत्यु भएको थियो । सन् १४९२ मा फैलिएको स्मल पक्स महामारीको रूपमा फैलिएर लाखौ मानिसको मृत्यु भएको थियो । १९औं शताब्दीमा भारतबाट शुरु भएको हैजा (कलेरा) सिंगो एसिया, यूरोप, उत्तर अमेरिका र अफ्रिकासम्म फैलिएको थियो। यसबाट त्यतिबेला १० लाख मानिसको मुत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले पनि हरेक वर्ष १३ देखि ४० लाख मानिसलाई यो रोग लाग्ने गर्छ भने हरेक वर्ष एकलाख बढीको मृत्यु हैजाकै कारणले हुने गर्छ । सन् १९१८ देखि सन् १९२० सम्म स्पेनिस फ्लू महामारीको रूपमा फैलिएको फ्लू इतिहासमा पछिल्लो ५ सय वर्षमा देखिएको सबैभन्दा खतरानाक रोग हो। १९१८ फ्लू प्यान्डेमिक नामले चिनिएको यो रोगबाट ५० करोड मानिस संक्रमित भएका र ५ करोड मानिसले ज्यान गुमाएका थिए। त्यस्तै सन् १९५७ फेब्रुअरीमा सिंगापुरमा एसियन फ्लू (एच१एन१) महामारीको रूपमा फैलिएर ११ लाख मानिसको मुत्यु भएको थियो। सन् १९६८ जुलाईमा हङकङ फ्लूरएच३एन२ बाट १० लाख मानिसको मुत्यु भएको थियो भने स्वाइन फ्लू (एच१एन१) बाट ५ लाख बढी मानिसको मुत्यु भएको बताइन्छ। सन् २०१४ बाट सुरु भइ २०१६ सम्म जारी रहेको इबोला महामारीमा ११ हजार बढीको ज्यान गएको थियो । सन २०१९ को डिसेम्बरमा चीनबाट फैलिन शुरू भएको यो कोरोना भाइरस (कोभिड१९) ले संसारलाई लकडाउनमा राखेको छ । यसको रोकथाम कहिले र कसरी हुन्छ र कति मानिसले ज्यान गुमाउने छन भनेर अनुमान गर्न कठिन देखिन्छ ।

महामारीले विश्व समुदायमा ल्याएको चुनौति

हालसम्म ११४ मुलुकमा यो रोगको प्रभाव फैलिएको छ । यो रोगबाट शुरूमा चीन सबै भन्दा बढी प्रभावित मुलुक चीन भए पनि उसले यसको उचित ब्यवस्थापन गरिसकेको छ । अन्य सबै मुलुकले भरमग्दुर कोशिस गरिरहेका छन । यो रोगको त्रासका कारण नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक लगायतका क्षेत्र मारमा परिसकेका छन । यही रोगको त्रासका कारण नेपालको पर्यटन क्षेत्र कोमामा पुगिसकेको छ भने बैदेशिक रोजगार ठप्प जस्तै भएको छ । नेपालका भंसार नाका सुनसान छन जसको कारण दैनिक करिव एक अरव रूपैयाँ भन्दा बढी राजश्व गुमिरहेको छ । त्यस्तै नेपालको आन्तरिक बजार अस्तब्यस्त तर्फ उन्मूख भइरहेको छ । दैनिक उपभोगका सामान र औषधि लगायतका अत्यावश्यक बस्तुको हाहाकार हुने अवस्था सिर्जना भएको छ । सरकारी निकायबाटै एउटै विषयमा फरक फरक तथ्याङ्क र सूचना प्रबाह गर्नाले नागरिकमा झन बढी त्रास र असुरक्षाको आभास भइरहेको छ । अहिलेको आवश्यकता भनेको नागरिकको आत्मबल बढाउने, नागरिकलाई सकेसम्म बढी सुरक्षित राख्ने, देशको समग्र अवस्थामा फाइदा पुग्ने खालका सूचना प्रवाह गर्ने तर्फ सरकार केन्द्रित हुनै पर्ने देखिन्छ । यदि यही अवस्था ३४ महिना रहने हो भने नेपालमा कोरोना भाइरसले भन्दा पनि नागरिक भोकभोकै मर्नु पर्ने अवस्था आउन सक्छ । बैदेशिक रोजगारी बन्द भैरहेका छन्, ब्यापार ठप्प भएको छ, आन्तरिक उत्पादनबाट कुनै पनि क्षेत्रमा आत्मनिर्भर छैन, आयात पूर्ण बन्द भएको छ, भएका खेतबारी बाँझै छन । उत्पादनशील जमिन प्लटिङ्गका नाममा मरूभूमिमा परिणत भएका छन, कुनै पनि युवा घरखेती गरेर खान तयार छैनन भने भएका रोजगारी पूर्ण रूपमा बन्द हुने अवस्था छ । नयाँ रोजगारी सिर्जना हुने सम्भावना निकै कम छ ।

संसारका सबैभन्दा शक्तिशाली मुलुकपनि अन्य गरिब मुलुकबाट औषधि लगायतका सामाग्रीमा भर पर्नुपरिहेको छ । विश्व अहिले विश्वब्यापिकरणबाट घरब्यापिकरणमा परिणत भएको छ । संसारको कुनै शक्ति र कसैको कानूनले छेक्न नसक्ने शक्तिशाली तर सुक्ष्म भाइरसले संसारका करिव ७.५ अरव मानिसमा एकछत्र शासन गरिरहेको छ । एक सेकेण्डमा विश्वलाई ध्वस्त बनाउने घमण्डमा रहेका व्यक्तिलाई पनि आफ्नो घरको चारकिल्ला नाघेर जान र कसैसँग बोल्न, सम्पर्क गर्न नसक्ने अवस्थामा पुरयाइदिएको छ । मानिस आफना मौलिक र नैसर्गिक अधिकारको उपयोग गर्न नसकेर आफ्नो नाक, मुख, आँखा छोपेर आतंकित भइ बस्न बाध्य छन् ।

संसारको कुनै शक्ति र कसैको कानूनले छेक्न नसक्ने शक्तिशाली तर सुक्ष्म भाइरसले संसारका करिव ७.५ अरव मानिसमा एकछत्र शासन गरिरहेको छ । एक सेकेण्डमा विश्वलाई ध्वस्त बनाउने घमण्डमा रहेका व्यक्तिलाई पनि आफ्नो घरको चारकिल्ला नाघेर जान र कसैसँग बोल्न, सम्पर्क गर्न नसक्ने अवस्थामा पुरयाइदिएको छ । मानिस आफना मौलिक र नैसर्गिक अधिकारको उपयोग गर्न नसकेर आफ्नो नाक, मुख, आँखा छोपेर आतंकित भइ बस्न बाध्य छन् ।

कसैले कल्पनासम्म नगरेको र संसारलाई तहसनहस बनाउने गरी विश्वभर फैलिएको यो अतिशुक्ष्म भाइरसले अनगिन्ति चुनौती र अवसर पनि श्रृजना गरिदिएको छ । यसले अहिले संसारको राजनीतिलाई शुन्यमा झारेको छ भने आर्थिक गतिविधिलाई ठप्प पारेको छ । बैदेशिक तथा स्वदेशी, औपचारिक तथा अनौपचारिकसहित सबै प्रकारका रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ । कृषि, उद्योग, बैदेशिक लगानी र सहयोग आदिक्षेत्रमा शिथिलता ल्याइ दिएको छ । वातावरण संरक्षण र वन विनास, सामाजिक र सांस्कृतिक रूपान्तरण, पूर्वाधार विकास, पर्यटन, अन्तर्रा्ष्ट्रिय ब्यापार, सुरक्षा, सार्वजनिक प्रशासनका क्षेत्र राष्ट्रिय प्राथमिकताबाट हराएका छन । मानिसको जीवनको मूल्य, जीवनशैली, स्वास्थ्य र सरसफाइ, आत्मनिर्भरतामा केन्द्रीत हुन झकझकाइरहेको छ । विश्वब्यापिकरण, शिक्षा र प्रविधिको प्रयोग, शासकिय प्रणाली, अर्थराजनीति, प्रकोपको पूर्वानुमान र व्यवस्थापन, आध्यात्मिकता आदिको क्षेत्रमा सम्बन्धित देश र नागरिकआफैले लगानी, संरक्षण र सम्बर्धनमा केही गर्नु पर्छ भन्ने मार्ग प्रशस्त गराइदिएको छ । राज्यर नागरिकको आचरण र नैतिकता, नीति निर्माण र योजना तर्जुमा, गरिवी र भोकमरी, सेवा प्रवाहको मोडालिटि, नेतृत्व निर्माण र कार्यशैली, खेलकुद, मनोरञ्जन, व्यापार, व्यवसाय संचालन, उपभोगशैलीमा यसले प्रत्यक्ष प्रभाव पारेर मानिसलाई आफ्ना भित्री आँखा खोलिदिएको छ ।

नेपालका अगाडि देखिएका चुनौति

कोरोना भाइरसले नेपाल लगायतका मुलुकका लागि आन्तरिक एवं बाह्य रूपमा धेरै चुनौती थुपारी दिएको छ । यस महामारीले विश्वको शक्तिसन्तुलनमा समेत व्यापक परिवर्तन ल्याउने सम्भावना भएकोले विश्व राजनीतिलाई शन्तुलनमा राख्नु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको छ । त्यसै गरी आर्थिक विकासका विगतका गतिविधिलाई पुनस्र्थापना गरी थप अवसर सिर्जना गर्नु, विश्वमा भइरहेका रोजगारीका अवसरलाई पुनरजीवित गरी रोजगारीका थप अवसर सिर्जना गर्नु, दिगो विकासको लक्ष्य प्राप्तिका लागि नयाँ मार्ग पहिल्याएर कार्यान्वयन गर्नु अहिलेका चुनौती हुन ।

गरिवीको दरमा अहिले धेरै बृद्धि हुने सम्भावना भएकोले थप गरिवी बढ्न नदिइ गरिवी न्यूनीकरण गर्नु, सबै तहका शिक्षाका शैक्षिक क्यालेण्डर ध्वस्त प्राय भएकाले यसलाई पुनरजीवित गरी बालबालिले नैसर्गिक रूपमा पाउनु पर्ने शिक्षालाई कायम गर्नु, औषधि, खाद्यन्न लगायतका अत्यावश्यक बस्तुको उत्पादन, वितरण र पूर्ति सम्बन्धि कार्यलाई सुचारू गरी नागरिकको जीवनरक्षा गर्नु पनि अहिलेका चुनौती हुन । यसैगरी विपद्को पूर्वानुमान गरी यथासमयमा त्यसको व्यवस्थापनका लागि पूर्व तयारी, प्रविधिको विकास, जनशक्तिको व्यवस्थापन गर्नु, देश देश विच समन्वय, सहकार्य र सहयोगका लागि थप मार्गको पहिचान र विकास गर्नु, घरपालुवा र बन्यजन्तुको संरक्षण गरी पारिस्थितिक प्रणाली (इकोसिस्टम) लाई बचाइराख्नु पर्ने चुनौती पनि रहेका छन् ।

हातहतियार उत्पादन र युद्धको बदलामा शक्तिराष्ट्रलाई मानविय सेवामा लाग्ने वातावरणको निर्माण गर्नु, यस महामारीबाट उत्पन्न हुनसक्ने आन्तरिक र बाह्य द्वन्दलाई पूर्वानुमान गरी समयमै निरूपण गर्नु पनि अहिलेका चुनौती हुन । यो महामारीले ठूलो अर्थिक मन्दी ल्याउनेछ । यसलाई समयमै आंकलन गरी व्यवस्थापनका लागि उचित कदम चाल्नु, यस महामारीले विश्वको जनसंख्याको आकार, उमेर र लिङ्गिय संरचनामा असर पार्ने देखिएकोले यसलाई समयमै सम्बोधन गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।
अहिले अन्य धेरै प्रकारका प्राकृतिक र मानविय कारणले विपद आउनसक्ने भएकोले त्यसको समयमै आंकलन र व्यवस्थापन गर्नु पर्नेछ । यो महामारीबाट नागरिकलाई बचाइ पूर्ववत रूपमा बाँच्न र काम गर्न सक्ने बनाउनु पर्नेछ । यो महामारीसँग संगै धेरै देशको सरकार र शासकिय प्रणाली पनि धरापमा पर्ने देखिएकोले त्यसको व्यस्थापन गरी गृह युद्ध र अन्य युद्दबाट विश्वलाई जोगाउनु पनि महत्वपूर्ण जिम्मेवारी हुन्छ । गरिव र साना अर्थतन्त्र भएका मुलुकले आत्मनिर्भर हुने क्षमताको विकास गर्नु पर्नेछ ।

नेपालको अर्थतन्त्रमा पार्ने प्रभाव तथा अवसर

यो महामारीले नेपाललाई धेरै समस्या र चुनौती तत्कालका लागि एकै पटक थोपरिदिए पनि धेरै अवसरका ढोका खुल्ने सम्भावना छ । नेपालमा अहिले जनसङ्ख्याको ५७ प्रतिशत जनसङ्ख्या आर्थिकरूपमा सक्रिय छन । यसको ठूलो हिस्सा बैदेशिक रोजगारीका क्रममा विदेशमा र वैदेशिक रोजगारीमा जान तम्सिएको जनशक्ति हो । यो महामारीले विश्व अर्थ्तन्त्रमा मन्दी ल्याउने भएकोले उनीहरू मध्ये अधिकांशले बैदेशिक रोजगारी गुमाउने छन र स्वादेश फर्कने छन । उनीहरूले वैदेशिक रोजगारीबाट आर्जन गरेको ज्ञान, सीप, क्षमता र कलालाई देश विकास लगाउन सक्ने ठूलो सम्भावना छ । यो जनशक्तिलाई कृषि, घरेलु तथा साना उधोग, पर्यटन, पशुपालन, पूर्वाधार निर्माण, लगायतको क्षेत्रमा अवसर दिएर उनीहरूको जीविकोपार्जन ध्यान दिनु पर्नेछ । त्यसले यी क्षेत्रमा आत्मिनर्भरता कायम गर्न सकिने ठूलो अवसर सिर्जना हुन्छ । त्यस्तै अहिले करीव दश लाख जति शिक्षित र विधार्थी विदेशमा कामर अध्ययनमा छन । उनीहरूलाई पनि अहिले स्वदेशमा आकर्षित गर्न सकिने र उनीहरूको माध्यमबाट देशमा प्रविधिको विकास, शैक्षिक गुणस्तर, उद्यमशिलता, स्वास्थ्यको क्षेत्रमा सुधार, पूर्वाधार निर्माण, पर्यटनमा नयाँ मोडालिटि र अवसर, बस्तु र सेवाको गुणस्तरिय उत्पादन र बजारको विस्तार, बौदिक सम्पत्तिको विकास र विस्तार लगायतका क्षेत्रमा विकास गरी आत्मनिर्भर बन्नुका साथै विश्व बजारमा विक्री गर्न सकिने अवसर छन । नेपाललाई खाद्यान्न लगायत धेरै अत्यावश्यक बस्तुको अभाव छ र नेपाल प्राय सबै कुरामा परनिर्भर छ । नेपालमा कृषिक्रान्ति गरी कृषिमा आत्मनिर्भर हुन र विश्व बजारमा निकासीका लागि प्रविधिमैत्री खेतीमा नेपाली जनशक्तिलाई परिचालन गर्न, नेपालका जडिबुटीको विकास र विस्तार गरी वैदेशिक मुद्रा आर्जन गर्ने अवसर छ ।

सन १९९० पछि हाम्रा गाउँघर खाली हुन शुरू भएका थिए र अहिले करिव करिव बृद्धाश्रममा परिणत भएका छन । अहिलेको अवसरलाई हामीले समयमै व्यवस्थापन गर्न सकेमा हाम्रा गाउँघर पहिलेकै स्वरूपमा आउने छन, सबै खाली जमिन हरियाली बन्ने छन् , खेतबारी अन्नले ढाकिने छन, ग्रामिण पर्यटनको विकास हुनेछ, गाउँ गाउँमा होमस्टे खुलेर दुर्गम र विकट गाउँमा बसेर विदेशी मुद्रा आर्जन गर्न सक्ने अवस्था सिर्जना हुनेछ । अहिले नेपालीले खाडी मुलुकको ५० डिग्रीको तातोमा काम गरेर कमाएको भन्दा हजारौं गुणा बढी आम्दानी घरमै बसेर हुने छ र आफूलाई मात्र हैन अरूलाई पनि रोजगारी दिन हामी सक्षम हुने छौ ।

महामारीले सिकाएको पाठ र युगान्तकारी पहलको अवसर

कोरोना भाइरस एक प्रकारको विश्वव्यापिकरणको उपज हो । जसरी विश्वव्यापिकरणमा राष्ट्रको सिमाना बिना कुनै रोकावट बस्तु तथा सेवा, पूँजी, श्रम र प्राविधिक ज्ञानको खुला आदानप्रदान भयो । यातायात तथा संचार प्रविधिको विकास र विस्तारले औद्योगिक बस्तु र सेवाको अन्तराष्ट्रिय विनिमयलाई सहज बनाइ उत्पादनका मुख्य साधन पूँजी र श्रमको पनि अन्तर्राष्ट्रियकरण गरेर गरिव र कमजोर मुलुकलाई नवउपनिवेशीकरण गरियो । त्यसरी नै संक्रमित मानिसको एक खोकी वा हाच्छ्युँले सबै प्रकारका मानिसलाई सखाप बनाउन सक्ने अति शुक्ष्म तर सर्वशक्तिमान कोरोना भाइरस विस्तार हुन पुग्यो ।

यस महामारीले हामीलाई उपयुक्त र राजनीतिक, प्रशासनिक संरचना, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका सबै क्षेत्रमा आत्मनिर्भर र स्वतन्त्र बन्ने खालका राष्ट्रिय नीति, ऐन, कानून बनाउने अवसरको मूलबाटो खोलिदिएको छ, आवश्यकता छ केवल राजनीतिक इच्छाशक्ति, राष्ट्रिय भावना, समयको पालना, कुशल नेतृत्व र राष्ट्रिय एकताको ।

नेपाली हावापानी, वनस्पति र प्राकृति स्रोतले विश्वकै अद्दितिय स्रोत भएको मुलुक हो । यहाँ हामीले स्थानीय ज्ञान, सीप, प्रविधि र लगानीबाटै शिक्षा, स्वास्थ्य, पर्यटन, जडिबुटी, औषधि उपचार, फलफूल, तरकारी अन्नको उत्पादन गर्न सक्छौ । विशेष प्रकृतिका रोगका लागि हामीले यहाँ उपचार दिएर स्वास्थ्यको क्षेत्रमा नयाँसेवा दिन सक्छौ भने यसको माध्यमबाट पर्यटनको समेत विस्तार गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिने अवसर छ । यसै गरी हाम्रा विदेशिएका सबै युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, वातावरणिय, जैविक प्रविधि, कला संस्कृति, खाध्य सुरक्षा, पशुपालन, मत्स्य पालन,वनजङ्गल संरक्षण, जडिबुटीको उत्पादन, प्रशोधन र संरक्षण, दक्षजनशक्तिको विकास, गुणस्तरिय पूर्वाधारको निर्माण, गुणस्तरिय सार्वजनिक सेवाको प्रवाहको लागि उपयुक्त संरचनाको निर्माण, सेवा प्रवाहको लागि उपयुक्त प्रविधिको विकास र प्रयोग, सबै प्रकारको द्वन्दको अन्त्य गरी कुशल र सक्षम शासन प्रणालीको विकास गर्नअहिलेको महामारीले हामीलाई अवसरको श्रृजना गरेको छ । यस महामारीले हामीलाई उपयुक्त र राजनीतिक, प्रशासनिक संरचना, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका सबै क्षेत्रमा आत्मनिर्भर र स्वतन्त्र बन्ने खालका राष्ट्रिय नीति, ऐन, कानून बनाउने अवसरको मूलबाटो खोलिदिएको छ, आवश्यकता छ केवल राजनीतिक इच्छाशक्ति, राष्ट्रिय भावना, समयको पालना, कुशल नेतृत्व र राष्ट्रिय एकताको ।

[email protected]

यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.