व्याजदर विवाद समाधानको फरक कोण

  २०७७ जेठ २८ गते १९:४४     दिलिपकुमार मुनंकर्मी

व्याज अर्थात् सामान्यतः बुझिने पैसाको मूल्य वा पैसा उपयोग वापतको भाडा । नेपाली शब्दकोष अनुसार व्याज भनेको कसैले लिएको नगदी वा जिन्सी सापटीमा मूल धनभन्दा बेसी लाग्ने कबुलअनुसारको वा निर्दिष्ट वृद्धिको नगदी अथवा जिन्सी रकम, रिनीले बुझाउने साउँबाहेको अतिरिक्त धन वा बस्तु ।

यस परिभाषाले जिन्सीलाई पनि लिइएको छ । तर, सामान्यतः नगदी वा पैसाको मूलधनभन्दा बढिको अतिरिक्त रकमलाई व्याजका रुपमा बुझिन्छ । शब्दकोषका अनुसार अतिरिक्त रकम ऋण वा पैसा लिएवापत तिरिने भए तापनि आर्थिक व्यवहारमा पैसा लिए र दिए वापतको अतिरिक्त रकमलाई पनि व्याजका रुपमै बुझिन्छ ।

इन्भेष्टोपेडियाका अनुसार पनि व्याज भनेको पैसाको सापटी सुविधावापतको शुल्क हो, जुन वार्षिक प्रतिशतका दरले गणना गरिन्छ । हुनतः बैंक (बैंक तथा वित्तीय संस्था र बैंकिग कार्य गर्ने सहकारी समेत) ले निक्षेपकर्तासँग सापटी लिएको र ऋणीले बैंकबाट सापटी लिएको बुझ्ने हो भने व्याजलाई सापटीको शुल्कका रुपमा बुझ्दा पनि गलत हुन्न ।

यसरी हेर्दा पैसा केवल सापटी लिइने एकपक्षीय भने देखिन्छ, जसले पैसा उपलब्ध गराउने वा विक्रेता वा निक्षेपकर्ताको अस्तित्वलाई अस्वीकार गर्छ । सम्भवतः व्याजको यही एकपक्षीय र साँघुरो परिभाषाले नै व्याजलाई पैसाको मूल्यभन्दा सापटी सुविधाको शुल्क वा अतिरिक्त भुक्तानीको रुपमा लिइएको हुनुपर्छ ।

ऋण वा सापटी अब विगतको जस्तो गर्जो टार्नेमा मात्र सीमित रहेन । आर्थिक क्रियाकलाप र अर्थतन्त्र चलायमान बनाउने उर्जा अर्थात् वस्तु तथा सेवा तथा उद्यम, व्यवसायको महत्वपूर्ण कच्चापदार्थ ऋण पूँजीको मुख्य हिस्साका रुपमा स्थापित भएको छ ।

ऋण वा सापटी अब विगतको जस्तो गर्जो टार्नेमा मात्र सीमित रहेन । आर्थिक क्रियाकलाप र अर्थतन्त्र चलायमान बनाउने उर्जा अर्थात् वस्तु तथा सेवा तथा उद्यम, व्यवसायको महत्वपूर्ण कच्चापदार्थ ऋण पूँजीको मुख्य हिस्साका रुपमा स्थापित भएको छ । सानोभन्दा सानोदेखि ठूलोभन्दा ठूलो सबै उद्योग, व्यवसाय अनि व्यक्तिले आर्थिक भौतिक आवश्यकता पूरा गर्न पैसा सापटी लिने आम चलन बनेको छ ।

सापटी लिनेले पैसाको भविष्यको मूल्य र तत्कालिन आवश्यकता मात्र होइन, अरुको पैसामा सम्पत्ति जोड्ने र उद्यम व्यवसाय स्थापित गर्ने, विकास र विस्तारको अवसरलाई समेत ध्यान दिएका हुन्छन् । सोही कारण केही अतिरिक्त रकम व्याजका रुपमा दिने शर्तमा पैसा उधारो लिएर चलाउँछन् ।

व्याजदरमा विवाद

व्याजदरमा खास विवाद गर्नुपर्ने पैसा उपलब्ध गराउनेभन्दा पैसा उपयोग गर्नेले गर्दै आएको छ । सजिलो रुपमा बुझ्दा निक्षेपकर्ताले भन्दा ऋणीले बढी विवाद गर्ने गरेका छन् । हुन त व्याजदर निर्धारणमा पैसा उपलब्ध गराउने वा निक्षेपकर्तापक्षको कुनै सुनुवाइ नै नहुने वा सापटी दिनुलाई दानदातव्य जस्तो उपकारका रुपमा लिने चलनले समेत व्याजदरमा एकपक्षीय आवाज हावी हुँदै आएको छ । त्यसमाथि आफूलाई बढी चाहिने र अरुलाई कम दिने मानवीय आर्थिक स्वभाव जस्तै पैसा किन्ने अर्थात् ऋण÷सापटी लिनेले कम व्याज र पैसा बेच्ने बैंक वा बैंकलाई पैसा बेच्ने निक्षेपकर्ताले बढी व्याज खोज्नुलाई स्वाभाविकै मान्नुपर्छ ।

व्याज अर्थात् पैसाको मूल्य पनि अन्य वस्तु तथा सेवाको जस्तै माग तथा आपूर्तिको आधारमा बजारले तय गर्नुपर्ने हो । तैपनि पैसा मानिस र राज्यकै जीवनसँग जोडिने हुँदा यसको मूल्यलाई लिएर सबै चनाखो हुन्छन् ।

तर, व्याज अर्थात् पैसाको मूल्य पनि अन्य वस्तु तथा सेवाको जस्तै माग तथा आपूर्तिको आधारमा बजारले तय गर्नुपर्ने हो । तैपनि पैसा मानिस र राज्यकै जीवनसँग जोडिने हुँदा यसको मूल्यलाई लिएर सबै चनाखो हुन्छन् । अझ व्याजको पुरातनवादी सापटीको सिद्धान्तले मूल्य तथा माग र आपूर्तिको आधारमा मूल्य निर्धारणको सिद्धान्तलाई अस्वीकार गर्न खोजेको देखिन्छ ।

सायद पैसाको मूल्यले सबैको मूल्य प्रभावित गर्ने बहुपक्षीय प्रभाव, पैसाको किनबेचलाई अस्वीकार, सापटी वा ऋणलाई सहयोग (वेलफेयर) का रुपमा लिने प्रचलनले शुल्क गौण अनि सापटी लिनेको बोलवाला कायम हुँदा व्याजदर सँधै नियन्त्रण र घटाउने प्रयास हुन्छ । त्यसमाथि पैसा आवश्यक नपर्ने र सापटी लिन नखोज्ने वा नलिने निकै कम हुने अर्थव्यवस्थामा व्याजलाई पैसाको मूल्यभन्दा सापटी लिनेले दिएको भुक्तानी वा शुल्कका रुपमा परिभाषित गरिएको छ ।

त्यसैले त सहज वा असहज सबै परिस्थितिमा व्याजदर कम हुनुपर्छ भन्ने मान्यतालाई प्रवर्धन गर्न अनेक तर्क प्रस्तुत गरिन्छ । अहिले पनि कोरोना महामारीका कारण अर्थतन्त्र तहसनहस भएको, उद्योग–व्यवसायका पुनरुत्थान र जीवन्तताका लागि पनि ऋणको व्याजदर २ प्रतिशत र ५ प्रतिशत हुनुपर्ने वा अहिले प्रचलित व्याजदरमा ५ प्रतिशत विन्दुले कटौति हुनुपर्ने माग अगाडि सारिएको छ ।

व्याजको सैद्धान्तिक कोणबाट यसलाई अन्यथा मान्न सकिन्न । तर, आर्थिक सूचक र तथ्यांकहरुले यसलाई अनुमोदन गर्न दिँदैन । सापटी खोज्नेहरुले चाहेको दरमा पैसा उपलब्ध गराउन राज्यले अनुदान दिनुबाहेकको विकल्प रहँदैन ।

व्याजको सैद्धान्तिक कोणबाट यसलाई अन्यथा मान्न सकिन्न । तर, आर्थिक सूचक र तथ्यांकहरुले यसलाई अनुमोदन गर्न दिँदैन । सापटी खोज्नेहरुले चाहेको दरमा पैसा उपलब्ध गराउन राज्यले अनुदान दिनुबाहेकको विकल्प रहँदैन ।

केन्द्रिय बैंकले सार्वजनिक गरेको चैत मसान्तको तथ्यांक अनुसार बैंकहरुले कर्जा तथा सापटीमा भारित औसतमा ११.७७ प्रतिशत व्याज लिइरहेको छ । बैंकहरुले निक्षेपकर्ताहरुबाट भारित औसतमा ६.७७ प्रतिशतमा पैसा लिएको देखिन्छ । सोही अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.७४ प्रतिशत छ ।

नौ महिनाको औसत मुद्रास्फीति ६.५३ प्रतिशत छ । बैंकहरुको आधार दर (बेस रेट) औसतमा ९.३६ प्रतिशत कायम छ । यस तथ्यांकले उद्योग–व्यवसायी वा ऋणीले भने अनुसार २ वा ५ प्रतिशतमा ऋण प्रवाह सम्भव नै देखिँदैन । पैसा किनबेचको व्यवसायिक सिद्धान्त मान्ने हो भने त घाटाको व्यापारका लागि बैंकमाथि ऋणीहरुको गैरव्यवसायिक (नन प्रोफेसनल) दवाव हो । किनभने ऋणको व्यक्तिगत उपभोग गर्नेबाहेक सबैले लागत हस्तान्तरण गर्दछन् र आफ्नो व्यवसायका लागि अर्को व्यवसाय सकियोस् भन्ने सोच नै गलत हुनेछ ।

पैसा किनबेचको व्यवसायिक सिद्धान्त मान्ने हो भने त घाटाको व्यापारका लागि बैंकमाथि ऋणीहरुको गैरव्यवसायिक (नन प्रोफेसनल) दवाव हो । किनभने ऋणको व्यक्तिगत उपभोग गर्नेबाहेक सबैले लागत हस्तान्तरण गर्दछन् र आफ्नो व्यवसायका लागि अर्को व्यवसाय सकियोस् भन्ने सोच नै गलत हुनेछ ।

जहाँसम्म बैंकहरुले आफ्नो लागत घटाउने कुरा छ, त्यसको लागि उनीहरुले सापट लिने वा किन्ने पैसा अर्थात् वचतको लागत घटाउनु पर्ने हुन्छ । आफू पनि सापटी लिने भएर नै होला, बैंकहरुले निक्षेपमा १ देखि १.५ विन्दुले व्याजदर घटाइसकेका छन् । तर, अझै पनि आम ऋणीहरुले भनेको दरमा ऋण प्रवाह गर्न सक्ने अवस्थामा बैंकहरु पुग्ने देखिँदैन ।

दृष्टिकोणमा परिवर्तनः एक विकल्प

पक्कै पनि व्याजदरले उद्योग–व्यवसाय वा सम्पत्ति अनि अर्थतन्त्र चलायमान बनाउने पैसाको लागत निर्धारण गर्दछ । लागत जति कम भयो, त्यसको प्रतिफल बढी र नोक्सानीको जोखिम कम हुन्छ नै । तर, पैसाको लागत शून्य भने हुन सक्दैन । कतिलाई आफ्नै पैसा लगाउँदा व्याज तिर्न नपर्ने हुँदा लागत शून्य लाग्ला । तर, सो रकम वचत गर्दा प्राप्त हुनेमा गुमेको व्याजसँगै शेयरधनीलाई तिरिने प्रतिफल पनि एक हिसावले लागत नै हो । तसर्थ व्याजदर कम हुनुपर्छ भन्दैगर्दा आवश्यक मात्रामा पैसा उपलब्धता र पैसाको सिर्जना वा उत्पादन लागत समेत हेरिनुपर्छ ।

सबैभन्दा पहिले व्याजलाई ‘सापटीमा दिइने अतिरिक्त भुक्तानी वा शुल्क’को एकपक्षीयबाट परिभाषागत परिर्वतन (थ्योरिटिकल डिपार्चर) गर्दै पैसा किनबेचको मूल्य अथवा ‘कर्जा सापट दिने र लिनेले तय गरेको अतिरिक्त भुक्तानी वा शुल्क’ भन्ने द्विपक्षीय हुनुपर्छ ।

अर्थतन्त्र, व्यवसायी (ऋणी), पैसाको व्यापारी (बैंक) तथा निक्षेपकर्ताबीच व्याजदर सन्तुलित नहुने हो भने त्यसले अग्रगमनभन्दा पश्चगमन र प्रगति खोज्दा यथास्थिति (स्टेगनेन्ट) लाई निम्त्याउने सम्भावनालाई ध्यान दिएर समाधान खोजिनु पर्छ । यसको लागि सबैभन्दा पहिले व्याजलाई ‘सापटीमा दिइने अतिरिक्त भुक्तानी वा शुल्क’को एकपक्षीयबाट परिभाषागत परिर्वतन (थ्योरिटिकल डिपार्चर) गर्दै पैसा किनबेचको मूल्य अथवा ‘कर्जा सापट दिने र लिनेले तय गरेको अतिरिक्त भुक्तानी वा शुल्क’ भन्ने द्विपक्षीय हुनुपर्छ । जसले व्याजलाई सापटी लिनेको उपकारबाट पैसाको मूल्यमा परिणत गर्नेछ ।

व्याजलाई पैसा उपयोग वापतको मूल्य मानिएसँगै यसले माग र आपूर्तिलाई मान्यता दिनेछ भने मूल्य तय गर्ने माग र आपूर्तिको सिद्धान्तलाई आत्मसात् गर्न सहज हुनेछ । माग र आपूर्तिको सिद्धान्त अपनाउँदै गर्दा पनि पैसाको बहुआयामिक प्रभावलाई भने विचार गर्नैपर्ने हुन्छ । यसो गरिएमा केही हदसम्म राज्यको नियन्त्रण भने खोज्छ । यसर्थ, व्याजलाई माग र आपूर्तिको बजारनीति अनुसार पूर्ण खुल्ला नै छोड्न वा अहिलेको जस्तो ऋणीको एकपक्षीय रुपमा भन्दा थोरै नियन्त्रित र द्विपक्षीय हितमा हुनुपर्नेछ ।

अहिले पनि बैंक र ऋणीबीच पैसाको मूल्य निर्धारणमा बेस रेटलाई आधार लिइँदै आएको छ । हुनतः बेस रेटमा प्रिमियमको दर निर्धारणको कुनै वैज्ञानिक आधार भने छैन । यसलाई नियामकले ऋणीको जोखिमसँग जोड्न क्रेडिट रेटिङलाई मानक वनाउनु उपयुक्त हुनेछ । अहिले पनि केही बैंकले क्रेडिट रेटिङका आधारमा कर्जाको व्याजदर निर्धारणको पद्धति शुरुवात गरे तापनि धेरैले मोलमोलाइका आधारमा प्रिमियम तोक्दै आएका छन् ।

अर्कोतर्फ बैंकले लिने पैसाको व्याजदर भने तजबिजी वा समूहगत निर्णयका आधारमा बैंकहरुले एकपक्षीय रुपमा निर्धारण गर्दै आएका छन् । बैंकले बेच्ने पैसाको मूल्य बेसरेटले निर्धारण गरे जस्तै किन्ने पैसाको लागि पनि एउटा आधार भए व्याजदरको द्वन्द्व र जोखिम व्यवस्थापनमा सहजता आउन सक्छ । र, त्यो आधार केन्द्रिय बैंकको त्रैमासिक मुद्रास्फिति दर हुनसक्छ । हो, यसले निक्षेपकर्ताले वचत मात्र होइन, मुद्दतीमा प्राप्त गर्ने व्याजदर समेत परिवर्तनशील हुनेछ ।

यो अवधारणामा बैंकहरुले ऋणको व्याजदरलाई बेसरेटसँग जोडे जस्तै वचत वा मुद्दतीमा दिइने व्याजदरलाई त्रैमासिक मुद्रास्फिति दरसँग जोड्न (लिंक गर्न) सकिन्छ । निक्षेपको आकार तथा अवधिको आधारमा प्रिमियम दर तोक्ने विकल्प दिन सकिन्छ ।

यो अवधारणामा बैंकहरुले ऋणको व्याजदरलाई बेसरेटसँग जोडे जस्तै वचत वा मुद्दतीमा दिइने व्याजदरलाई त्रैमासिक मुद्रास्फिति दरसँग जोड्न (लिंक गर्न) सकिन्छ । निक्षेपको आकार तथा अवधिको आधारमा प्रिमियम दर तोक्ने विकल्प दिन सकिन्छ । उदाहरणको लागि मुद्रास्फितिको आधारमा मुद्दतीतर्फ मुद्रास्फितिमा १० प्रतिशत वा १ विन्दु प्रतिशत र बढीमा ४० प्रतिशत वा ३ विन्दु प्रतिशत प्रिमियम अनि वचतमा बढीमा मुद्रास्फिति र न्यूनतम ४० प्रतिशत वा ३ विन्दु प्रतिशत डिस्काउन्ट गर्न सकिन्छ ।

यसअनुसार गत चैत मसान्तको मुद्रास्फिति दर ६.७४ का आधारमा मुद्दती निक्षेपमा कम्तिमा ७.४१ वा ७.७४ प्रतिशत र बढीमा ९.४ वा ९.७४ मात्र हुन्थ्यो । त्यस्तै वचतमा पनि बढीमा ६.७४ र घटीमा ४ वा ३.७४ प्रतिशत हुने थियो । यसले मुद्दती वा वचतमा निश्चित प्रतिशतको व्याजदरलाई परिवर्तनशील बनाउने र त्यस्तो परिवर्तनको वैज्ञानिक आधार समेत दिनेछ । बैंक र निक्षेपकर्ता वा पैसा किन्ने÷उपयोग गर्ने बैंक र पैसा बेच्ने निक्षेपकर्ता बीचको पैसाको मूल्य कति भन्ने द्वन्द्वको व्यवहारिक समाधान हुन सक्छ ।

कसैलाई अवधिको आधारमा स्थीर व्याजदर चाहिएमा मुद्दतीमा ३, ५ वा १० वर्षको औषत मुद्रास्फिति वा ऋणमा ३, ५ वा १० वर्षको बेसरेटसँग जोड्न सकिन्छ ।

यसरी बैंकले बेच्ने पैसामा बेसरेट र किन्ने पैसामा मुद्रास्फितिलाई आधार बनाउन सकिए व्याजदरले एउटा वैज्ञानिक आधार पाउने छ भने निक्षेपकर्ता, बैंक र ऋणीबीचको त्रिपक्षीय द्वन्द्वको व्यवहारिक र वैज्ञानिक समाधान निस्कने छ । यसमा कसैले कसैलाइ व्याजदरको आधारमा मोलमोलाइ र आक्षेप लगाउने अवस्थाको अन्त्य हुनेछ । वचतको व्याजदरमा परिवर्तनशीलताले बैंकहरुको लागतमा समेत कमी आउने हुँदा त्यसको अप्रत्यक्ष फाइदा बैंक र ऋणीलाई समेत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.