गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने

  २०७७ जेठ १९ गते २१:३६     विकासन्युज

कास्की । गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने
गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा गण्डकी प्रदेशबाट सहभागी भई पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारको आइतबारको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

सरकारले व्यक्तिगततर्फ स्वर्ण विजेतालाई रु एक लाख, रजत पदकलाई रु ७५ हजार तथा काँस्य पदकलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको छ । समूहतर्फ स्वर्ण विजेतालाई रु ७५ हजार, रजतलाई रु ५० तथा काँस्य पदकलाई रु ३० हजार नगद पुरस्कार प्रदान गर्ने भएको । त्यसैगरी प्रशिक्षकलाई समेतलाई जनही रु ३० हजार, रु १५ हजार रु १० हजारका दरले सरकारले नगद पुरस्कार दिने भएको छ ।

मन्त्री बस्नेतले कोभिड–१९ को अहिलेको विषम अवस्थाका कारणले तत्कालै पुरस्कार प्रदान गर्न नसकिएकाले उपयुक्त समयमा खेलाडीहरुलाई घोषित नगद पुरस्कार प्रदान गरिने बताउनुभयो । सागमा व्यक्तिगत र टिम इभेन्टमा गरी गण्डकीका कूल ३७ जना खेलाडीले चार स्वर्ण, २३ रजत र १६ काँस्य गरी ४३ पदक जितेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए ।

लमजुङका पार्वती गुरुङ र स्याङ्जाकी प्रशंसा क्षेत्री (तेक्वान्दो) र बाग्लुङका नवीन रसाइली (कराँते) मा स्वर्ण पदक जित्न सफल भएका थिए । फुटबलमा सुमन अर्याल (नवलपुर)ले समूहतर्फ स्वर्ण पदक जितेका थिए । गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३ औँ सागअन्तर्गत विभिन्न आठ खेल गण्डकी प्रदेशको राजधानी शहर पोखरामा खेलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.