यामाहाको ‘फेस्सिनो १२५ एफआइ’ स्कूटर अब नेपाली बजारमा, घरघरमै डेलिभर गरिदने

  २०७७ जेठ १८ गते १२:४८     विकासन्युज

काठमाडौं । नेपालको लागि यामाहा टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक एम.ए. डब्लु इन्टरप्राइजेजले क्लासिक युरोपियन स्टाइलको १२५ सिसिको यामाना फेस्सिनो स्कुटर अब नेपालमा बिक्री वितरण हुने भएको छ ।

नवीन विशेषता र प्रविधिका साथसाथै फेस्सिनो १२५एफआइको बनावट क्लासिक युरोपियन स्टाइलमा देख्न सकिन्छ, जसमा यसले सम्पूर्ण नयाँ बाह्य डिजाइन, हेडलाइट, गेज र अरु विशेषताहरु प्राप्त गरेको छ । फेस्सिनो १२५एफआइ विभिन्न ५ रङ्गहरुमा आएका छन् ।

नयाँ फेस्सिनोले १२५ एफआइ इन्जिनका साथ प्रभावकारिता सिर्जना गर्दछ, जुन बिएस-भिआइ कम्लियन्ट, फूयल इन्जेक्टेड (एफआइ)द्वारा सशक्त छ भने जसबाट पावर क्षमता प्लस ३० प्रतिशत उत्पादन गर्छ र इन्धन खपत प्लस १६ प्रतिशत ज्यादा गर्छ । यो ९९ केजी तौलको छ जसलाई सजिलै चलाउन सकिन्छ र यो जस्तै समुहमा यो अत्यन्त हलुका स्कूटर पनि हो ।

फेस्सिनो १२५ रोक्ने र चलाउने प्रणालीमा आधारित भएकोले यसले इन्जिन निष्क्रिय हुनलाई रोक्छ र पछि तुरुन्तै थ्रटलको एकल मोडका साथ चल्छ, जसले हाँक्ने वातावरणको पहुँचमा पुग्न सेन्सरहरुको प्रयोग गर्दछ । नयाँ फेस्सिनो १२५एफआइ मा स्मार्ट मोटर जेनेरेटर (एसएमजि) पनि जडान गरिएको छ, जसले विद्युतीय नियन्त्रणहरु प्रयोग गरेर बटनलाई एक दवाब दिने बित्तिकै सजिलै इन्जिन सुचारु गराउँछ र अन्तर्राष्ट्रिय यामाहा सिरिजहरुमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट-अफ स्वीच पनि यसमा रहेको छ । यो स्कूटरले एकीकृत ब्रेकिङ्ग प्रणाली (युबिएस) र अग्र डिस्क ब्रेक का साथ लगातार ब्रेकिङ्ग शक्तिको पनि प्रयोग गर्दछ ।

‘हामीले फेस्सिनोलाई एक शक्तिशाली इन्जिनका साथ सुसज्जितमात्र गरेका छैनौ साथमा प्रमुख स्टाइलहरुमा पनि परिमार्जन गरेका छौं । योसँगै नयाँ फेस्सिनो १२५ एफआइले यसका अघिल्लो मोडलले जस्तै परम्परा कायम गर्ने निश्चित छ र आजका पुस्ताका बढ्दो आवश्यकताहरुलाई पूरा गर्न सक्नेछ ।’- यामाहा नेपालका बजार प्रमुख विक्रम शर्मा पौडेलले भने ।

वर्तमानमा घरमै बस्नुपर्ने अवस्थालाई मध्यनजर राखेर एम.ए. डब्लुले नेपालभरका लागि अनलाइन सर्भिसमार्फत् सेवा पुर्याउन आफ्ना ग्राहक सहायता टिमलाई बुकिङ्गमा सहयोग प्रदान गर्न परिचालन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.