कोरोना अपडेट : १७ लाख २४ हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या एक लाख ४ हजारमाथि

  २०७६ चैत २९ गते १९:१८     विकासन्युज

काठमाडौं । विश्वमा कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या १७ लाख २४ हजार ३ सय १३ पुगेको छ । त्यस्तै एक लाख ४ हजार २ सय ११ जनाका मृत्यु भईसकेको छ । पछिल्लो समय अमेरिका तथा युरोपेली मुलुकमा कोरोनाको संक्रमण उच्च रहेको छ भने एसियाली मुलुकमा पनि भाईरसबाट संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै गएको छ ।

हालसम्म विश्वमा ४ लाख ३ हजार ३ सय ७ जना नागरिक यो रोगबाट निको भएर घर फर्किएका छन् । अमेरिकामा पछिल्लो समय ५ लाख ३ हजार १ सय ७७ जना नागरिक संक्रमित छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ६१ पुगेको छ । त्यस्तै २८ हजारबढी निको भई घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा बढ्दै गएको छ ।

स्पेनमा हालसम्म १६ हजार ३ सय ५३ जनाको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या १ लाख ६१ हजार ८ सय ३२ पुगेको छ । हालसम्म ५९ हजारभन्दा बढी नागरिकलाई निको भएको छ । इटाली कोरोना संक्रमितको संख्या १ लाख ४८ हजारभन्दा बढी रहेको छ भने मृत्यु हुनेको संख्या १८ हजार ९ सय ३९ पुगिसकेको छ ।

फ्रान्समा पछिल्लो दिन नयाँ कोरोना संक्रमित देखिएको छैनन् । हालसम्म १ लाख २४ हजार ८ सय ६९ जना कोरोना संक्रमित रहेको फ्रान्समा १३ हजार १ सय ९७ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा हालसम्म २ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ भने १ लाख २२ हजार ७ सय ८० नागरिक संक्रमित छन् । जर्मनीमा ६१ हजारभन्दा बढी नागरिकलाई निको भएको छ ।

त्यस्तै कोभिड १९ को उद्गम स्थलको रुपमा परिचित चीनमा हालसम्म ३ हजार ३ सय ३९ जनाको मृत्यु भईसकेको छ भने ८४ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै चीनमा उपचार पछि निको हुनेको संख्या ७८ हजार पुगेको छ ।

पछिल्लो दिनमा बेलायत, इरान, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, क्यानडा, ब्राजिल, पोर्चुगल, अस्ट्रिया, रसिया, इजराइल, दक्षिण कोरिया, स्वीडेन, आइरल्याण्ड, भारतमा लगायतका देशमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छन् ।

यस्ताे छ काेराेना संक्रमणकाे अवस्था :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.