त्रिवि पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित

  २०७६ चैत २७ गते १८:३०     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित गरेको छ ।

बिहिबार बसेको विश्वविद्यालयको बैठकले पोस्ट ग्रेजुऐट डिप्लोमाको ३ विषयको परीक्षा स्थगित गरेको त्रिवि अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक पशुपति अधिकारीले बताएका हुन् ।

त्रिविले अर्का सुचना नआएसम्मको लागि पोस्ट ग्रेजुऐट डिप्लोमा ईन काउन्सिलिङ साईकोलोजी, स्कुल काउन्सिलिङ र पोस्ट गे्रजुऐट वुमन काउन्सिलिङको परीक्षा स्थगित गरेका हो ।

त्रिविले बुधबार नै स्नातक तह चौथों वर्षको परीक्षा पनि रद्ध गरेको छ ।

कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.