लक्ष्मी बैंकले कोरोना रोकथाम तथा उपचारका लागि १ करोड सहयोग गर्ने निर्णय

  २०७६ चैत २२ गते १८:५८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले कोभिड –१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितलाई राहत प्रदान गर्ने उद्देश्यले १ करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

यसमध्ये ३० लाख रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गर्ने निर्णय गरेको हो ।

यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै प्रभावित व्यक्ति तथा परिवारलाई केही हदसम्म राहत मिल्ने बैंकले जनाएको छ । नियमित बैंकिङ्ग सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकको लक्ष्य अन्तर्गत सो सहयोग गरिएको जानकारी दिएको छ ।

यस्ता कार्यहरुलाई निरन्तरता दिई सामाजिक गतिविधिहरुमा आवश्यक योगदान पुर्याउदैं लैजाने समेत बैंकको प्रतिबद्घता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.