काेराेना उपचार काेषमा प्राइम बैंककाे १ कराेड ७५ लाख सहयाेग, लकडाउनकाे बेलामा ८४ शाखाबाट सेवा सुचारू

  २०७६ चैत २० गते १९:१८     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस रोकथाम,  नियन्त्रण तथा उपचार काेषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त काेषमा सहयाेग गर्ने बैंकहरू मध्ये अहिलेसम्म प्राइम बैंक सबैभन्दा धेरै रकम हाे ।

महामारी राेकथाम कार्यमा सबैले सहयाेग गर्नु पर्ने जनाउँदै उनले सक्दाे सहयाेग गर्न गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले विकासन्युजसँग भने । लकडाउनकाे बेलामा खान नपाएकाे मानिसहरूलाई खाद्यन्य वितरणा गरेर सहयाेग गर्ने डीआइजी विश्वराज पाेखरेलकाे पराेपकारी कार्यमा पनि बैंकले सहयाेग गरिरहेकाे बताए ।

लक डाउनकाे बेलामा बैंकले ८४ वटा शाखाबाट सेवा प्रदान गरिरहेकाे उनले बताए । ‘यस्ताे बेलामा हामीले जागिर खाने हाेइन, ड्युटी निर्वाह गर्ने हाे’ उनले भने ।

महामारीकाे बेलामा पनि स्वास्थ्य कर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीले पनि आफ्नाे कर्तव्य निर्वाह गरिरहेकाे उदाहरण दिदै बैंकका कर्मचारीलाई पनि आफ्नाे कर्तव्य निर्वाह गर्न प्रेरित गरेकाे उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.