लकडाउनमा यसरी स्वस्थ राख्नुस् आफ्नो शरीर– डब्ल्यूएचओ

  २०७६ चैत १९ गते ९:४३     विकासन्युज

काठमाडौं । लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्नेभन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत गर्न सङ्गठनले आग्रह गरेको हो ।

अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल, कम्प्युटर जस्ता बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेकोभन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्नर स्वास्थ्यमा सुधार हुने बताएको छ ।
तालिका बनाएर घरमै व्यायामहरु गर्न समेत विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।

लकडाउनको समयमा घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहिरहन आग्रह पनि विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । यसो गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठिक रहने बताएको छ ।

यो समयमा रचनात्मक काम गर्ने, नयाँ कुरा सिक्ने, कामको लक्ष्य बनाउने, घरमा बसेको बेला के गरियो भनेर समीक्षा गर्ने गर्दा मानिस दिक्क हुनबाट बच्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

लकडाउनका बेला शरीरलाई सक्रिय राख्न विश्व स्वास्थ्य सङ्गठनले दिएका सुझावहरु यस्ता छन् ।
–साना बच्चाहरुसगैं घर र घरको वरिपरि खेलहरु खेल्ने ।
–बच्चाहरुमा श्वास बढ्ने गरी वरिपरि दौडने, उफ्रने, चिप्लने जस्ता खेलहरु खेल्ने ।
–अनलाइनबाट शारीरिक शिक्षा लिएर उपयुक्त व्यायमहरु गर्ने ।
–घरमा नै उफ्रेर डोरी नाघ्ने जस्ता खेल खेल्ने ।
–तौल उठाउने जस्ता मांसपेशीमा बल पुग्ने खालका गतिविधिहरु गर्ने ।
–धेरै शारीरिक गतिविधि हुनको लागि घरको कामहरू गर्ने ।
–सिट अप, प्रेस अप जस्ता व्यायमहरु गर्ने ।
–परिवारका सदस्यहरु सहभागि भएर प्रतियोगिताकै रुपमा खेलहरु खेल्ने ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.