कालोबजारी रोक्न सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

  २०७६ चैत ४ गते १५:३७     विकासन्युज

काठमाडौं । सरकारले नागरिकहरुका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेपछि सरकार आफैले सो काम गर्ने भएकाे हाे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा भइरहेकाे कालाेबजारी राेक्न सरकारले सुपथ मूल्यका दैनिक उपभाेग्य सामानकाे पसल सञ्चालन गर्ने बताएका हुन् । मंगलबारको उद्योग वाणिज्य तथा आपूर्ति समितिको बैठकमा मन्त्री भट्टले विभिन्न ठाउँमा दैनिक उपभोग्य सामानको सहज आपुर्तिका लागि सुपथ मूल्यका पसल सुरु गर्ने बताएका हुन् ।

‘बजारमा दैनिक उपभोग्य सामानको कृतिम अभाव छ, यसको अनुगमन तथा निगरानी हामी गरिरहेका छौं, तथापी नागरिकको सहजताको लागि सरकारले आफै सुपथ मूल्यका पसल खोल्ने कदम गरेको हाे’, उनले भने ।

बैठकमा समितिले बजारमा दैनिक उपभोग्य समानमा भइरहेको कालोबजारी रोक्न, आपूर्ति ब्यवस्थालाई सहज बनाउन र प्रभावकारी अनुगमन मार्फत गूणस्तरीयता कायम गर्न सरकारी निकायलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको महामारी फैलिएको भन्दै र बजारमा दैनिक उपभोग्य सामान अभाव भएको भन्दै व्यवसायीले सामानमा कालोबजारी गरिरहेका छन् । नागरिकले पनि पछि कतै दैनिक उपभोग्य समान नपाइने होकि भन्ने मनासायले वस्तुको भण्डारण गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.