देश संकटमा पर्यो, हामी रातदिन नभनी काम गरिरहेका छौं : मन्त्री भट्ट

  २०७६ चैत २ गते १५:२२     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल कोरोनाको कारणले देश संकटमा परेको बताएका छन् । आइतबार विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कूरा बताएका हुन् ।

‘कोरोनाको कारणले विश्वभर नै संकट परिरहेको बेला नेपालमा पनि त्यस्तै संकट सुरु भएको छ, यसको विरुद्दमा लड्का लागि मन्त्रालयले रातदिन नभनी काम गरिरहेका छ’, उनले भने ।
देशभर नै कोरोनाको क्रास बढिरहेको बेला मन्त्रालयले सक्रिय भएर काम गरिरहेको उनले बताए । सबैभन्दा धेरै काम उद्योग मन्त्रालयको भएका कारणले पनि काममा सक्रिय देखाएको उनको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उत्पादन र मौज्दातभन्दा धेरै वस्तु माग भएका बेला मन्त्रालयलले कसरी काम गर्ने भन्ने विषयमा कार्यविधि तयार गरिरहेको बताए ।

विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोनाको उच्च जोखिमको सुचिमा राखे पछि नेपालमा संकट सुरु भएको बुझ्न सकिन्छ । हाल संगठनले कोरोनालाई महामारीको संज्ञा पनि दिइसकेको छ ।

चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसगैं नेपाल पनि संकटमा छ । हाल कोरोना भाइरस १ सय ४९ वटा देशमा फैलिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.