एफएनसीसीआई निर्वाचनः केन्द्रको निर्वाचन भएको ३० दिनपछि प्रदेशको हुने

  २०७६ फागुन ३० गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य प्रदेश महासंघको निर्वाचन केन्द्रको निर्वाचनको ३० दिन पछि हुने भएको छ । केन्द्रिय महासंघको निर्वाचन भएको ३० दिनपछि सातै प्रदेशको निर्वातन गर्ने गरी तयारी भइरहेको महासंघले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रको निर्वाचन भएको ३० दिन पछि प्रदेश महासंघले निर्वाचन गराउउने गरी काम हुने निर्णय भएको बताएको छ । महासंघको विधान अनुसार केन्द्रको निर्वाचन हुनु एक महिना अगावै अर्थात माघ भित्रै प्रदेश महासंघहरुले निर्वाचन गराई सक्नु पर्ने भएपनि यो पटक भने पछाडि सरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले केन्द्रको निर्वाचन भएको ३० दिनपछि प्रदेश महासंघको चुनाव हुने बताए । महासंघले आफ्नो निर्वाचन चैत २८ र २९ गते तोकेको छ । तर, त्यो हुने वा नहुने एकिन हुन अझैँ १० दिन लाग्ने उनको भनाइ छ ।

‘सरकारले अहिले गर वा नगर केही पनि भनेको छैन, हामीले सरकारले भने बमोजिम गर्नु पर्छ, कोरोनाको जोखिम हेरेर महासंघको चुनाव सार्ने वा नसार्ने हेरेर थाहा हुन्छ’, उनले भने ।

साथै, आजको बैठकमा कोरोनाको कारण व्यवासयीहरुमा परेको जोखिमका बारेमा छलफल भएको उनले बताए ।  कोरोनाको कारणले व्यापारमा ठूलै समस्या आएको छ,यसले उद्योगहरुले बैंकलाई बुझाउनु पर्ने व्याजको समय बढाउन आग्रह गरेका छौं, मानिसले सापटी लिएर पनि तिर्नु पर्ने अवस्था नआओस् भन्नका लागि र काम नरोकिनका लागि बैंकसँग कूरा गर्ने निर्णय भएको छ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.